सुनसरीमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

  • प्रकाशित मिति: भदौ २७, २०७७ / बिनिता कटुवाल
alt

इटहरी । सुनसरीमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

रामधुनी नगरपालिका ५ लगुना चोकमा हिजो शुक्रबार दिउँसो साँढे १ बजे जे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प १४१२ नम्बरको मोटरसाईकलले स्थानीय ५० बर्षीया ईन्द्र लक्ष्मी शाक्यलाई ठक्कर दिंएको थियो ।

ठक्करबाट घाईते भएकी शाक्यलाई उपचारको लागी वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । उनको उपचारको क्रममा दिउँसो साँढे ३ बजे मत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक १९ बर्षीय स्थानीय किशोर हुन् । महिलाले बाटो काट्ने प्रयास गरिरहेको बेला तिब्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख कैलाश अधिकारीले जानकारी दिए ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको अधिकारीले बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...