रुपन्देहीमा टिपरको ठक्करबाट प्रहरीको मृत्यु

  • प्रकाशित मिति: भदौ २८, २०७७ / सञ्चारलय
alt

काठमाण्डौ । रुपन्देहीमा टिपरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखानानजिकै टिपरको ठक्करबाट शनिबार साँझ प्रहरी जवान अमित श्रेष्ठको ज्यान गएको हो । दुर्घटनामा अर्का प्रहरी जवान सन्तोषी थारु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, बागलुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत थारु सवार स्कुटरलाई लु१ख ८९९ नम्बरको टिपरले अगाडिबाट ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले बताए ।

घाइते प्रहरी जवान थारुको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको दाहिने हात भाँचिएको छ । प्रहरीले टिप्पर नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...