धरानमा विद्युत् सम्बन्धी कुनै समस्या भए मलाई कल गर्नु: कार्यालय प्रमुख बराल

  • प्रकाशित मिति: भदौ २८, २०७७ / सञ्चारलय
alt

धरान: नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका कार्यालय प्रमुख प्रताप बरालले विद्युत् सम्बन्धी कुनै समस्या अथवा ढिलासुस्ती भए कार्यालयको टेलिफोन वा आफ्नै मोबाइलमा सम्पर्क गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको विषम परिस्थितिमा ग्राहकलाई कार्यालयमा आउँदा काम छिटो, छरितो रूपमा नभए टेलिफोनबाट जानकारी गराई सहज रूपमा सुविधा दिनका निम्ति सो सेवा सुरु गरेको वितरण केन्द्र प्रमुख बरालले बताए ।
“ग्राहकको कुनै समस्या वा गुनासा कार्यालयमा आई निवेदन दिनु पर्ने व्यवस्थालाई परिवर्तन गरी जति सक्दो चाँडो सेवा दिनका लागि यस्तो सुविधा दिएका हौँ । वितरण केन्द्रका प्रमुख बराले भने”, यसले गर्दा ग्राहकलाई निकै सहज हुने साथै समय बचत समेत भएको उनको भनाई छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रले ग्राहकलाई विद्युत् महसुलमा पनि छुट दिने भएको छ । कोरोना सङ्कटको बेला आर्थिक अवस्थाबाट चपेटामा परेका आफ्ना ग्राहकलाई दुई भागमा वर्गीकरण गरी छुट दिन लागेको हो ।
नेपाल सरकारको निर्णय बमोजिम १५० युनिट सम्म खपत गर्ने ग्राहकलाई २५ प्रतिशत छुट दिइने छ भने सो भन्दा माथि २५० युनिट सम्म खपत गर्ने ग्राहकले १५ प्रतिशत रकम छुट पाउने व्यवस्था गरिएको वितरण केन्द्र धरानका प्रमुख प्रताप बरालले जानकारी दिए ।
यो नियम चालु आर्थिक वर्षको साउनबाट लागू भएको भने पनि प्राविधिक कारणले असोजबाट लागू हुने प्रमुख बरालको भनाई छ । साउन र भदौको विद्युत् महसुल तिरी सकेका ग्राहकले पनि दुई महिनामा पाउने छुट बापतको रकम फिर्ता पाउने बरालले बताए । साथै अहिलेको विषम परिस्थितिमा कार्यालयले ग्राहकलाई विद्युत् महसुल बुझाउन अनलाइन सिस्टम अघि सारेको छ ।
महसुल तिर्न आउँदा कोरोनाको जोखिम रहने, भिडभाड हुने भएकाले ग्राहकले घरमै बसिबसी अनलाइनबाट रकम बुझाउन सक्ने छन् । यो सुविधाबाट १ महिनाको अवधिमा करिब ३० प्रतिशत ग्राहकले अनलाइनबाट रकम तिरेका छन् ।

सञ्चारलय सँगको विशेष कुराकानीमा आफुँ धरान आएको १ वर्ष पुगेको बताउँदै, धरानमा ३ मेघावाट विद्युत् क्षमता वृद्धि गर्न सफल भएको बताएका छन् । १ वर्ष अघि सम्म कम भोल्टेज आउने, बिग्रिएका उपकरणलाई व्यवस्थित गर्ने, सञ्चालन गर्न सक्ने उपकरण सञ्चालन गरेको समेत बताए । हाल वडा नम्बर १५ को केही भागमा समस्या रहेको बताउँदै बरालले तुरुन्तै सो समस्या पनि हटाउन आफुँ लागि परिरहेको बताए । यस्तै उनले कुनै ग्राहकको घरमा कम भोल्टेज आए तुरुन्त कार्यालयमा टेलिफोन गर्न समेत बताए ।
धरानमा हाल ३३ हजार घरधुरीले बिद्युत् उपभोग गरिरहेका छन् । केन्द्र प्रमुख बरालले सरकारको “उज्यालो अभियान” लाई साथ दिन तपाई हामी एकजुट भएर लाग्नु पर्ने बताए । जति सक्दो विद्युत्बाट खाना पकाउन, लुगा कपडा धुन लगायत विद्युत्बाट सञ्चालन गर्न सकिने सबै क्षेत्रबाट विद्युत् खपत गरी राज्यको अभियानलाई सार्थकता दिन समेत उनको भनाई छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

अर्बौँमा खेल्ने भिखा ...

हिजो तिमि क्रान्तिको मैदानमा हुँदा तिमि माथि दमन गर्नेतिम्रो घिच्चुकमा हान्ने तिम्रो लासमा विजय देख् ...

इटहरीको आपँगाछीमा सड ...

सुनसरीको इटहरी १ आँपगाछीमा भएको दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट ...

राष्ट्रिय युवा संघ स ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आबद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ सुनसरीको संयोजकमाा भुवन याक ...

इनरुवा नगरपालिकाद्धा ...

इनरुवा नगरपालिकाको कार्यालयले स्मार्ट डस्कविन प्रयोगमा ल्याएको छ । नगरपालिकालााई स्वच्छ र सुन्दर वात ...

माधव-प्रचण्ड समुहले ...

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले प्रदेश १ मा अध्यक्ष र स ...

विष्णु पौडेललाई महास ...

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले महासचिव पदबाट विष् ...