रोगबाट ग्रसित १४ वर्षीय पारुहाङलाई बचाउन किराँत विद्यार्थी सङ्घको १७ लाख बढी सहयोग

  • प्रकाशित मिति: भदौ २८, २०७७ / सञ्चारलय
alt

इटहरी: जटिल रोग सँग जुध्दै आएका भोजपुरका १४ वर्षीय बालकलाई किराँत राई विद्यार्थी सङ्घले आर्थिक सहयोग गरेको छ । भोजपुरको रामप्रसादराई ४ ओख्रे घर भएका पारुहाङ राईलाई सङ्घले १७ लाख ३२ हजार ७ सय २३ रुपैयाँ नगद आर्थिक सहयोग गरेको हो ।
आज ९आइतबार० इटहरी ५ स्थित बसोबास गर्दै आएका घरमै एक कार्यक्रमको आयोजना गरी सङ्घले उपचारका लागि सहयोग हस्तान्तरण गरेको हो । विगत ३ वर्ष देखि ओष्टियोमाईलिटिस अर्थात् गोडाको हड्डी टुक्रिएर झर्ने जस्तो जटिल रोगबाट ग्रसित बनेका बालकलाई ‘पारुहाङ राई बचाउ अभियान’ नै सञ्चालन गरेर सङ्घले उनलाई उपचारका लागि सहयोग गरेको किरात राई केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्र राईले जानकारी दिए ।

२ महिनाको अवधिमा १ सय ७३ जना दाताहरूबाट सो रकम सहयोग जुटेको हो । बुवा प्रकाश र आमा ममता राईको कोखबाट जन्मिएका पीडित राईलाई बुवा आमाले सानै उमेरको हुँदा छोडेका थिए । भोजपुर स्थायी घर भए पनि सानै उमेरदेखि इटहरीमा आफन्तको घरमा बस्दै आएका पीडित बालकलाई उपचारका लागि कसैले आँट नगरेकाले आफुँले उपचारका लागि अभियान नै सञ्चालन गरी सहयोग जुटाएको सङ्घका केन्द्रीय अध्यक्ष राईले बताए ।

बालकको अहिले धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रतिष्ठानमा केही समय उपचार गर्ने, त्यहाँ सम्भव नभए काठमाडौँ लाने समेत तयारी रहेको सङ्घले जनाएको छ । आर्थिक सहयोग कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव सुवास चन्द्र राई, सदस्य कमला राई, विमला राई लगायतको उपस्थिति रहेको थियो । paruhang 2 paruhang 3

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...