किताब परियोजनाद्वारा सुनसरीका सामुदायिक विद्यालयलाई सेनिटाइज गर्ने मेसिन हस्तान्तरण

  • प्रकाशित मिति: भदौ २९, २०७७ / सञ्चारलय
alt

किताब परियोजना अन्तर्गत सेभ द अर्थ सुनसरीले सामुदायिक विद्यालयमा कोरोना जोखिम न्यूनीकरणका लागि स्टेरिलाइ फग मेसिन र उक्त मेसिनमा लाग्ने लिक्विड हस्तान्तरण गरेको छ ।

वल्ड बैङ्कको आर्थिक सहयोग तथा वल्डभिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोगमा सञ्चालित किताब परियोजनाले आइतबार सुनसरी जिल्लाका ४ वटा गाउँपालिकालाई उक्त मेसिन प्रदान गरेको हो ।

सुनसरीका गढी गाउँपालिका र देवानगन्ज गाउँपालिकालाई १५–१५ थान, बर्जुलाई १८ थान र हरिनगर गाउँपालिकालाई १३ थान प्रदान गरिएको सेभ द अर्थ सुनसरीका फिल्ड अफिसर दिवाकर सिंहले जानकारी दिए । सबै पालिकाको शिक्षा शाखा मार्फत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले मेसिन हस्तान्तरण गरेका हुन् ।

यस्तै आज (सोमबार) सुनसरी जिल्लाका बाँकी सबै स्थानीय तहलाई मेसिन उपलब्ध गराइने छ। जिल्ला भरी २ सय १३ वटा सामुदायिक विद्यालयलाई मेसिन वितरण गरिने जनाइएको छ ।

sunsari school 2

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...