ब्याडमिन्टन एकेडेमी सुनसरीका अध्यक्ष कार्कीले गरिदिए ५१ खेलाडीको कोरोना बिमा

  • प्रकाशित मिति: भदौ २९, २०७७ / सञ्चारलय
alt

इटहरी: ब्याडमिन्टन एकेडेमी सुनसरीका अध्यक्ष सुरेश कार्कीले खेलाडीको कोरोना बिमा गरिदिएका छन् । कोरोना भाइरसका कारण स्थानीय देखि राष्ट्रिय खेलाडीलाई समस्या परेको भन्दै सुनसरी ब्याडमिन्टन सङ्घका सदस्य तथा एकेडेमीका अध्यक्ष कार्कीले कोरोना बिमा गरिदिएका हुन् ।
कोरोना सङ्क्रमणका कारण खेलकुद क्षेत्र तहसनहस भएको अवस्थामा आठौँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी नेपालका ५१ जना खेलाडीको आफ्नै खर्चमा बिमा गरिदिएको कार्कीले जानकारी दिए ।
कोरोना सङ्क्रमण दिनप्रतिदिन बढी रहेको र खेलकुद क्षेत्रमा पनि उत्तिकै जोखिम रहेको भन्दै खेलाडीको मनोबल बढाउन बिमा योजना ल्याएको कार्कीको भनाई छ ।
जेनेरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखामा जनही १ लाख बराबरको बिमा गरिएको हो । बिमा गरिएका खेलाडी मध्ये जोकोहीलाई कोरोना रिपोर्ट पोजेटिभ देखिए रकम भुक्तान गर्न पाउने छन् ।
ब्याडमिन्टन खेलमा अब्बल नेतृत्व गरेका कार्की
विगत २० वर्ष देखि खेल क्षेत्रमा सक्रिय बनेका कार्कीले महत्त्वपूर्ण कार्य गर्दै आएका छन् । स्थानीय स्तरमा रहेका दर्जनौँ खेलाडीलाई क्षेत्रीय तथा राष्ट्रिय स्तरमा समेत चिनाएका छन् । विभिन्न ब्याडमिन्टन खेल सम्बन्धी राम्रो ज्ञान भएका कार्कीले स्थानीय, प्रदेश हुँदै २ पटक सम्म पुष्पलाल स्मृति राष्ट्रिय प्रतियोगिताको समेत नेतृत्व गरिसकेका छन् । धेरैजसो खेलकुदमा आफ्नै लगानीमा खेलाडीलाई व्यवस्थापन गर्ने, ट्रेनिङ गराउने, आवश्यक सामग्री सहयोग समेत गर्दै आएका छन् ।

केही समय अघि आठौँ राष्ट्रिय प्रतियोगितामा प्रदेश १ बाट छनौट भएका ब्याडमिन्टन खेलाडीलाई कोच उत्तम सिम्खडाको सहयोगमा विराटनगरको एक होटेलमा २१ दिन सम्म आफ्नै खर्चमा सम्पूर्ण व्यवस्थापन गरेका थिए । ब्याडमिन्टन खेलको विकासको लागि ५ वर्ष देखि १५ वर्षे गुरुयोजना लिएर अघि बढेका कार्कीले सुनसरीमा नेपालकै सबैभन्दा धेरै ५ वटा कोर्ट प्यारा फिट सहितको ब्याडमिन्टन हल समेत कार्कीको नेतृत्वले गरिसकेका छन्। हलमा ब्याडमिन्टन खेल्न चाहनेको लागि कोचको व्यवस्थापन भइसकेको बताउँदै निकट भविष्यमा स्पोट्स विद्यालय खोल्ने योजना रहेको कार्कीको भनाई छ । हलमा नेपालका १२ वर्ष मुनिका करिब १५ जना बालबालिकालाई खाना बस्नको व्यवस्था सहित ब्याडमिन्टन खेल खेलाई अन्तराष्ट्रिय स्तरमा खेलाडी पुर्याउने योजना रहेको कार्कीको भनाई छ । सामाजिक कार्यमा समेत अग्रभागमा रहेर काम गर्न रुचाउने कार्की विभिन्न सङ्घसंस्थाको नेतृत्व गर्दै हाल लायन्स क्लब अफ इटहरी सिटिजन्सका अध्यक्ष रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...