विराट मेडिकल कलेजले सुरु गर्‍यो निःशुल्क कोरोना उपचार

  • प्रकाशित मिति: भदौ ३०, २०७७ / सञ्चारलय
alt

विराटनगर :मोरङको विराटनगर स्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले कोरोना सङ्क्रमितको निःशुल्क उपचार सुरु गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्झौता भएपछि मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरेको गरेको हो ।

सम्झौता भएपछि अस्पतालले कोरोना सङ्क्रमितको निःशुल्क उपचार सुरु गरेको विराट मेडिकल कलेजका उपाध्यक्ष डेनिस कार्कीले जानकारी दिए । कोरोना सङ्क्रमितले कलेजबाट अन्य परीक्षण गराएको अवस्थामा भने शुल्क लाग्ने कार्कीको भनाई छ ।

विराट मेडिकल कलेजले गत साउनबाट ६० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । तीमध्ये ३८ साधारण र २२ क्याबिन बेड छन् । सङ्क्रमितको उपचारका लागि अस्पतालले छ वटा भेन्टिलेटर तयारी अवस्थामा राखेको कोभिड अस्पताल इन्चार्ज सुनिल देबले जानकारी दिए ।

sunil dev
कोभिड अस्पताल इन्चार्ज सुनिल देव


पछिल्लो समय कोरोनाको नाममा विभिन्न सरकारी तथा निजी अस्पतालले बिरामी भर्ना दिन नमान्दा स्वास्थ्य सेवाबाट वञ्चित हुदैं आएका थिए । तर विराट मेडिकलले यो सेवा गरे सगैं सामान्य सर्वसाधारणले प्रत्यक्ष लाभ पाउने छन् ।आवश्यक परेको अवस्थामा भेन्टिलेटर थप गर्न सकिने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...