झापाको भद्रपुरबाट ८४ हजार नगद सहित १० जुवाडे पक्राउ

  • प्रकाशित मिति: भदौ ३०, २०७७ / सञ्चारलय
alt

भद्रपुर । झापाको भद्रपुरबाट ८४ हजार नगद सहित १० जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुरस्थित पृथ्वीनगरको एउटा जुवा अखडाबाट ८४ हजार नगद सहित १० जना जुवाडेहरुलाई प्रहरीले हिजो साँझ छापा मारेको हो ।

पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर–४ का माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनिश लिम्बु, भद्रपुर–२ का कर्ण तामाङ, अङ्गराज दंगाल, आराबहादुर तामाङ, भद्रपुर–६ का तुरुल राजवंशी,रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय सुवास तामाङको घरबाट जुवाडेहरुलाई पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

पक्राउ परेकालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको थापाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...