सुनसरीमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १२५५ पुग्यो

  • प्रकाशित मिति: भदौ ३०, २०७७ / बिनिता कटुवाल
alt

इटहरी। सुनसरीमा (मंगलबार) आज झुम्का कारागारका १२ जना सहित ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा धरानमा २ महिला ५ पुरुष सहित ७ जना, दुहबीमा २ पुरुष, ७ महिला सहित ९ जना, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

केही दिन अघि उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको क्लोज कनट्र्याक्टमा रहेकाहरू कनट्र्याक्ट ट्रेसिङको क्रममा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १२५५ पुगेको छ भने ७ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...