सिआइबीका डीएसपीसहित २६ प्रहरी कोरोना संक्रमित

  • प्रकाशित मिति: भदौ ३१, २०७७ / सञ्चारलय
alt

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०मा कार्यरत डीएसपीसहित २६ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सिआइबीमा पहिलो पटक भदौ २४ गते ८ जनामा कोरोना पुष्टि भएकोे थियो । उनीहरुको कन्ट्याक्ट टे«सिङ गर्दा डीएसपीसहित थप २६ जनामा संक्रमण देखिएको हो ।

संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर २ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।

ठूला घटना अनुसन्धान गर्दै सिआईबीमा ठूलो संख्यामा प्रहरी कर्मचारी संक्रमित भएपछि आलोपालो सिस्टम काम गर्न थालिएको छ ।

                                                                      नेपाल समयबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...