लामो दूरीका यातायात सञ्चालन र स्वास्थ्य सतर्कता

  • प्रकाशित मिति: भदौ ३१, २०७७ / सञ्चारलय
alt

असोज ५ गतेदेखि सरकारले देशभित्रका लामा रुटहरूका गाडीहरू खोल्ने र आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ ।

महामारी संक्रमण फैलिइरहेका बेला यो आफैंमा बाध्यात्मक कदम भए पनि आर्थिक उपार्जनका गतिविधि अघि बढाउनैपर्ने आवश्यकता पनि सँगसँगै निर्माण भएकाले स्वागतयोग्य पनि छ । अब हामी एउटा हातमा कोरोना संक्रमणलाई फैलन नदिनका लागि महामारीकोे नियन्त्रणको समस्या र अर्को हातमा पेटपूजाका लागि आर्थिक गतिविधिका समस्या एक साथ लिएर अघि बढ्ने अवस्थामा पुगेका छौं ।

हाम्रो लक्ष्य र उद्देश्य भनेको कोरोना महामारीले हामीलाई नखाओस् र भोकले पनि नखाओस् भन्ने नै हुन पुगेको छ । तर, एकै साथ जन्मिएका दुई भिन्न समस्याले अन्तर्विरोधी वातावरण निर्माण भने गरिदिएका छन् । त्यो हो, खुला रूपमा आर्थिक गतिविधि बढाऔं त कोरोना संक्रमण बढ्ने अनुकूल वातावरण सिर्जना हुन्छ, नगरौं भने उल्टै भोकले मर्ने परिस्थिति आइपरेको छ । यस्तो बेला चाल्र्स डार्विनले भनेझैं अस्तित्वका लागि संघर्ष वा यी दुवै समस्याबाट बाँच्नका लागि संघर्ष जरुरी भएको छ ।

कोरोना महामारीको संक्रमण लम्बिदै र फैलँदै जाँदा हाम्रा अगाडि महामारी र भोकमरी दुवैले निर्विकल्प तर गम्भीर समस्या तेस्र्याए । त्यो हो, ती दुवैको एकैपटक सामना गर्ने वा काललाई निम्तो दिने रु पक्कै पनि हो, सरकारले महामारीलाई प्राथमिकता दिँदै आएको छ । महामारीबाट ज्यान बचाउन सकिएछ भने थप बाँच्नका लागि केही गर्न अवश्य सकिनेछ भन्ने सोच सरकारको रहेको देखिन्छ ।

विदेशमा रहेका तथा स्वदेशमा रहेका नेपालीले पनि सुरुमा स्वास्थ्यलाई प्राथमिकता दिए । रोजगारीका लागि बिदेसिएका नेपाली छिमेकी देश भारतबाट र समुद्रपारबाट स्वदेश फिर्ता भए र भइरहेका पनि छन् । तर, महामारी संक्रमण हिजोका आज सकिएन, स्वाभाविक रूपमा यसले दीर्घकालीन प्रक्रिया समात्यो र दशकसम्म यसको असर रहने देखायो ।

यसैको अभिव्यक्ति स्वरूप लकडाउन, निषेधाज्ञा र आन्तरिक तथा बाह्य बोर्डर सिलको प्रक्रियालाई खुकुलो बनाई जनजीवनको गतिशीलता र प्रवाहलाई फुकुवा गरियो । आखिर महामारीलाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गर्दै आर्थिक गतिविधि र जनप्रवाहलाई सुचारु गर्ने निर्णय भयो । यो आफैंमा देशभित्र सिर्जित संकटको अभिव्यक्ति हो । यस्तो वस्तुगत संकट कसैको पनि चाहना र इच्छासँग मेल खाँदैन ।

बरु मानिसले सिर्जित नयाँ परिस्थितिअनुसार समाधानका नयाँ उपाय पहिल्याउनु र ती उपायलाई कलात्मक रूपमा प्रयोगमा ल्याउनु जरुरी हुँदै जान्छ । रोग र भोकजस्ता लुकेर वा थाहा नदिएर आक्रमण गर्ने शत्रुविरुद्ध मानिस भने प्रत्यक्ष खडा भएर सामना गर्न जान्नु र सक्नुपर्छ । यो रोग र भोकको प्रकृति जस्तो छ, त्यस्तै भएर ऊसँग लड्न सक्नुपर्छ । जसरी आउँछ, त्यसको सामना त्यसरी गर्नुपर्छ । जुन स्वरूपमा आउँछ, त्यसको सामना त्यही स्वरूप पहिचान गरेर गर्नुपर्छ ।

महामारी दीर्घकालीन भएर आइदियो, हामीले अल्पकालीन ‘फाइट टु फिनिस’को लडाइँ लडेर हुँदैन । हामीले पनि दीर्घकालसम्म कोरोना महामारीको सामना गर्न तयार हुनैपर्छ । महामारीले हाम्रो जीवनपद्धतिलाई पछ्याउँदै आयो, हामीले हाम्रो जीवनलाई महामारीबाट अलग गराउन सक्ने अवस्था नै रहेन । बरु साथसाथै लड्दै र भिड्दै जाने बाध्यात्मक अवस्था सिर्जना हुन गयो । कुशलतापूर्वक स्वास्थ्यका मापदण्ड अपनाएर महामारीको संक्रमणविरुद्ध लड्दै र भोकबाट पनि बच्न जनजीवनलाई आर्थिक मैत्री बनाऔं । उच्च सतर्कता अपनाऔं ।

                                                                                   राजधानी डेल्लीबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...