चैतभित्रै शैक्षिक सत्र पूूरा हुने

  • प्रकाशित मिति: भदौ ३१, २०७७ / सञ्चारलय
alt

काठमाडौँ । सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूनतम कुरा सुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मङ्गलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताए ।

उनले अहिलेको शैक्षिक सत्र चैत महिनामा पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी दिए । कक्षा कोठाको पठनपाठन अवरुद्ध भए पनि वैकल्पिक विधिलाई नै अबको मूलधारको शिक्षा मान्ने घोषणा सरकारले गरिसकेको छ ।

मन्त्री पोखरेलले पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ स्वीकृत गरिएको जानकारी दिए । सात महिनाको अवधिमा विद्यार्थीले सिक्नुपर्ने न्यूनतम कुरा सुनिश्चित गरी पाठ्यवस्तु समायोजन ढाँचा स्वीकृत गरिएको हो ।

स्वीकृत ढाँचा अब छिट्टै विद्यालय तथा शिक्षक समक्ष पु¥याइने जनाइएको छ । शैक्षिक सत्रको समय घटेको अवस्थामा छोटो समयमा कसरी विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गर्ने भन्ने मुख्य उद्देश्यले नै पाठ्यवस्तु समायोजन ढाँचा तयार पारिएको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...