वीपी प्रतिष्ठान एक कोरोना संक्रमित पुरुषको मृत्यु

  • प्रकाशित मिति: भदौ ३१, २०७७ / बिनिता कटुवाल
alt

इटहरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

खडक नगरपालिका ३ का ३५ बर्षीय पुरुषको धरानमा उपचारको क्रममा आज बिहान ६ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

मृत्यु हुने व्यक्ति प्रदेश नं १ सप्तरी जिल्लाका रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
उनी प्रतिष्ठानमा भदौ ३० गते बिहान १० बजेर ४६ मिनेटमा भर्ना भएका थिए । उनलाई भदौ २८ गते कोभिड १९ पुष्टि भएको थियो ।

मृतकलाई मृगौलाको समस्या रहेको र विगत १ बर्षदेखि हप्ताको २ पटक डाइलाइसिस हुने गरेको थियो भने उच्च रक्तचापको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

सापकोटामा अनुसार कोरोना संक्रमण भएपछि मृतकलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले वीपीमा रिफर गरेको थियो ।

वीपी प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितहरुको कुल संख्या २८ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...