विवाह र नेपालमा बालविवाह

  • प्रकाशित मिति: आश्विन ५, २०७७ / रेजिना कार्की
alt

विवाह, सृष्टिको निरन्तरताका लागि नयाँ संस्था निर्माणको सर्वव्यापी सामाजिक प्रक्रिया हो । सामान्य भाषामा विपरीत स्त्री र पुरुषबिच पति पत्नीको सम्बन्ध कायम गर्ने÷गराउने, सामाजिक एवम् सांस्कृतिक कार्य विवाह हो ।
आधुनिक समाजमा विवाह गर्ने वा नगर्ने भनेर निर्णय गर्ने व्यक्तिको स्वैच्छिक र नैसर्गिक अधिकार हो । जीवन यापनका लागि आवश्यक विविध आधारबाट परिपक्व उमेर भइसकेका नारी पुरुष आपसी सहमतिमा “परिवार” गठनका लागि विवाहको निर्णय गर्न स्वतन्त्र हुन्छन् । तथापि नेपालको सन्दर्भमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष रहेको छ । विवाहका लागि २० वर्ष उमेर पूरा भएको हुनुपर्छ । सो भन्दा कम उमेरमा भए गरिएको विवाहलाई बालविवाह मानिन्छ ।

नेपालमा बालविवाहको चलन अझै रोकिन सकेको छैन । यसले खास गरी बालिकाहरूको जीवनमा नकारात्मक नतिजा ल्याउने गरेको आकलन मैले गरेकी छु । यसको अर्थ पुरुष पीडित हुँदैन भन्ने चाहिँ होइन । यो कुरा तपाई हामी, हाम्रो परिवार र सिङ्गो समुदायलाई थाहा भएकै कुरा हो ।

बालविवाह तपाई हाम्रै घर आँगन तथा समुदायमा भइरहेको कुरा न तपाई नकार्न सक्नुहुन्छ न त म नै ! विवाह, आफ्नो सम्पूर्ण जीवनका लागि साथ दिने जीवन साथी छनोट गर्ने जीवन भरीकै एउटा अवसर हो । तर, परिपक्व नहुँदै, असल वा कमसलको मूल्याङ्कन गर्ने क्षमता विकास भइन सकेको उमेरमा अभिभावकको इच्छा र आदेश अनुसार भविष्य निर्माणको कार्यलाई बन्दी बनाएर अपरिचितसँग वैवाहिक जीवनमा बाँधिन पर्ने कस्तो विडम्बना ! तपाई एउटा बुवा, एउटा दाजु, एउटी आमा अनि एउटी दिदीका नाताले यस्तो लाग्दैन ? कि बालविवाह जस्तो अमानवीय क्रियाकलाप गर्नु/गराउनु/सामेल हुनु भनेको बालबालिकाको जीवन बरबाद गर्नु मात्र नभई सामाजिक कुरीति र कुसंस्कारको जर्गेना गर्नु हो ? बालविवाहका प्रचलित कारण मेरो विचारमा, दाइजो प्रथाले अड्डा जमाएको हाम्रो समाजमा दाइजो कै कारण छोरीको सानै उमेरमा विवाह गरी दिने गरेको हो भन्ने अनुमान लगाउन सकिन्छ ।

हुन त बालविवाह पुराना संस्कृति र जातीय व्यवस्थाहरूसँग जोडिएको विषय हो । रजस्वला नहुँदै कन्यादान गरे स्वर्ग प्राप्ति हुने मान्यताले जरो गाडेको हाम्रो समाजले कस्तो स्वर्ग प्राप्त गर्ने उद्देश्य राखेको हो, यो कुन हदसम्मको भ्रामक मान्यता हो ? सानै उमेरमा विवाह गरिदिएर आफ्ना बालबालिकाको भविष्य नै अन्धकार बनाउँदा धर्म मिल्ने जस्तो रुढीग्रस्त सामाजिक मान्यताको भ्रम हाम्रो समाजमा अद्यापी छ ।

छोरीलाई उमेरसम्म घर राख्दा पढाउन पर्ने तथा खर्च हुने भएको हुँदा एक दिन जसरी नि अर्काको घर जानै पर्ने हो धेरै खर्च किन गर्नुपर्‍यो ? बरु छोरी पढाउने खर्चले गतिलो विवाह गरिदिने तथा केटा पक्षलाई दाइजो प्रशस्त दिए खुसी हुने लगायतका गलत दृष्टिकोण तथा रुढीग्रस्त विचारहरूले गर्दा समाजमा बालविवाह दुवो मौलाए झैं मौलाई रहेको छ । केटा पक्षबाट केटीलाई उच्च शिक्षा दिने, राम्रो खान लाउन दिने छोरीसरह व्यवहार गर्ने लगायतका लोभ लालच देखाइ विवाह गर्ने/गराउने कारणले पनि बालविवाह प्रोत्साहन भइरहेको छ ।

यसलाई विश्लेषण गरेर हेर्दा गरिबी पनि बालविवाहको प्रमुख कारण हो । बालविवाहको नतिजा सानै उमेरमा गरिने विवाहले विभिन्न समस्याको दुष्चक्रसँगै रोग, भोक, शोषण र दुर्व्यवहार बालबालिकाको नियति बनेको छ । यस कुप्रथाले बालबालिकाको भविष्यलाई भयावह स्थितिमा पु¥याएको तपाई हामीले देखे भोगेकै छौँ । छि ! कति लज्जास्पद ! बालविवाह जस्तो अमानवीय क्रियाकलापले हाम्रो घरपरिवार, समाजका धेरै जसो बालबालिकाहरू प्रत्यक्ष र परोक्ष रूपमा परिवार र समाजबाट दण्डित हुन परेको छ, समाज र व्यक्तिबाट दुर्व्यवहार व्यहोर्न परेको छ, यौन शोषणमा पर्नु परेको छ । जति जे भोग्नु वा व्यहोर्नु परे पनि यस्ता आपराधिक घटनाबाट पीडित न्यायका लागि बाहिर आउन सक्तैनन् । जति आउँछन् तिनीहरूले पनि न्याय भन्दा बढी सामाजिक बेइजति पाउने गर्छन् । न्याय सम्पादनमा हुने ढिलासुस्ती वा शक्ति वा पहुँचका आधारमा हुने न्याय सम्पादनलाई ध्यानमा राखेर पीडित सकेसम्म अन्याय सहेर बस्छन् । कानुनी कारवाहीको दायरामा त झुक्किएर १/२ वटा भन्दा बढी आउँदै आउँदैनन् ।

बालविवाह विरुद्ध हाम्रो प्रयास के तपाईँलाई यस्तो लाग्दैन ? जस्तो कि बालविवाह बाल अधिकार, महिला अधिकार तथा अन्य अधिकारको हनन मात्र नभई समग्र देश विकास र समृद्धिको बाधक हो भनेर ? यो सब गर्नु/गराउनु मुलुकी ऐन विरुद्धको अपराध हो भन्ने कुरा निःसन्देह भन्न सकिन्छ । हरेक क्षेत्र निकाय तथा दृष्टिकोणबाट बालबालिकाको विषयलाई किन सहायक विषय बनाएर हेरिरहेको छ ? के बालबालिका विरुद्ध हुने अपराध न्यूनीकरण गरी छुट्टै विषयको रूपमा स्थापित गर्न जरुरी छैन र ? हाम्रो शिक्षित दिमागको चेतना स्तर कुन हदसम्मको छ भन्ने कुरा हाम्रो सिकाइको हैन व्यवहारले झल्काउँछ । नीच सोच अनि तल्लो स्तरको चेतनाको स्तरले गर्दा धेरै बालबालिकाको जिन्दगी अन्धकार भएको छ । के हामी हाम्रो न्युनस्तरीय चेतनालाई थोरै मात्र भए पनि फराकिलो बनाएर बालविवाह जस्तो कु–प्रथालाई तपाई हाम्रो घरघरबाट सदाका लागि उन्मुलन गरेर एउटा सुन्दर र परिपक्व समाज निर्माण गर्न सक्दैनौ र ? यस विषयमा विनासंकोच भन्न सकिन्छ, हाम्रो चेतना स्तर सामाजिक प्रचलन विरुद्ध उभिन अझै सशक्त भइसकेको छैन कमजोर नै छ ।
हामीमा शिक्षा वा ज्ञानको अभावले यसो भएको हो त ? अहँ ! पटक्कै हैन ! हामीमा बालविवाहका जोखिम बारे पर्याप्त ज्ञान तथा शिक्षा छ । तर हामी यस सामाजिक विकृति नियन्त्रण गर्न किन सकिरहेका छैनौँ ? एकातिर बालविवाह गलत हो, हुनुहुँदैन भन्ने अर्कोतिर आफ्नो, वा आफन्तकोमा पर्दा पछि नहट्ने ! हाम्रो यही द्वैध चरित्रले ग्रसित भएकाले कानुनी बन्देज हुँदाहुँदै पनि यो कुसंस्कार हट्न सकेको छैन । यसका लागि, बालविवाह जस्तो गैर कानुनी र गैर मानवीय क्रियाकलापको जोखिममा रहेको व्यक्ति, समुदायमा बालविवाहको जोखिम सम्बन्धी जानकारी तथा विभिन्न चेतनामूलक सन्देशहरू पु¥याउन आवश्यक छ । जो, जहाँ, जुन अवस्थामा छौँ, त्यहीबाट आजैदेखि बालविवाह विरुद्ध जुटौँ । बालविवाहलाई जसरी हुन्छ निरुत्साहित गरौँ । बालविवाह गर्ने/गराउने र बालविवाह सामेल हुनेलाई कानुनी दायरामा ल्याऔँ, सामाजिक बहिष्कार गर्ने नियम ल्याऔँ र कार्यान्वयन पनि गरौँ । आजका बालबालिका भविष्यका कर्णधार तथा वर्तमानका साझेदार हुन भन्ने कुरा नभुलौँ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...