५ फिट सुरुङ खनेर बैंक लुट्न पसे चोर

  • प्रकाशित मिति: आश्विन ६, २०७७ / सञ्चारलय
alt

एजेन्सी । भारतको एक बैंक चोरीको प्रयास भएको छ । लकडाउनको समयमा विभिन्न खाले अपराधिक घटना, बैंक र एटीएममा चोरीका घटना बढिरहेका छन् ।

केही समयअघि भारतको कांकेरको सरोना इलाकामा रहेको मुडपार सहकारी बैंकमा लुटेराहरूले बैंक चोर्ने प्रयास गरेको खबर बाहिरिएको छ ।

ती चोरहरूले बैंकको बाहिरबाट ५ फिट सुरुङ खनी बैंक चोरीको प्रयास गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

सुरुङमार्फत ती लुटेराहरू एउटा कोठामा पुगे । सो कोठामा १७ लाख नगद राखिएको बक्स फेला पारे । यद्यपी उनीहरूले सो बक्स तोड्न सफल भएनन् ।

यो घटना सोमवार मात्रै बाहिर आयो । बैंकका कर्मचारी जब बैंक पुगे क्याशियरको कोठाको टायल बिग्रिएको अवस्थामा थियो ।

दुधाहा प्रहरी स्टेशनका अनुसार चोर सुरुङ बनाएर क्याशियर कोठामा पुगेको थियो । यद्यपी उनीहरूले रकम चोर्न पाएनन् ।

चोरले बैंकको सीसीटीभी क्यामेरालाई कपडाले ढाकिदिएको पाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...