चीनको सुराकी गरेको अभियोगमा तिब्बती मुलका अमेरिकी प्रहरी पक्राउ

  • प्रकाशित मिति: आश्विन ७, २०७७ / सञ्चारलय
alt

एजेन्सी । न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनको सुराकी बनेको अभियोगमा पक्राउ परेका छन् ।

तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ ।

न्यूयोर्क प्रहरीको सामुदायिक मामिला एकाइमा कार्यरत आन्वाङले तिब्बती समुदायभित्र पनि गोप्य सूचनाको सम्भावित स्रोत मूल्याङ्कन गर्न सघाएको बताइएको छ।

अमेरिकाको अङ्गीकृत नागरिक रहेका उनी दोषी ठहरिएमा जेल जानेछन् । उक्त आरोप पुष्टि भए उनलाई ५५ वर्षसम्म जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ।

अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन्। विभिन्न दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त चिनियाँ सैनिक र चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का सदस्य थिए।

उनकी आमा पनि सीपीसीको सदस्य र चिनियाँ सरकारी कर्मचारी थिइन्। उनलाई चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीहरूसँग सम्पर्कमा रहेको आरोप लागेको छ।

उजुरीमा भनिए जस्तै भएको सत्य भए बाइम्दाजी आन्वाङले देशका लागि लिएका सबै शपथको उल्लङ्घन गरेको मात्रै नभई अमेरिकी सेना र न्यूयोर्क प्रहरीविरुद्ध पनि क्रियाशील भएको पुष्टि हुने न्यूयोर्क प्रहरीका आयुक्तले विज्ञप्तिमा मार्फत जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रधानमन्त्री र सबै ...

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्म ...

कर्मचारीमा संक्रमण द ...

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालय कार्तिक ६ गते सम्म बन्द हुने भएको छ । उपमहा ...

धरानमा थप २ जना कोरो ...

धरान: सुनसरीको धरानमा आज थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानको वडा ...

हराएका ३८ थान मोबाइ ...

विभिन्न समयमा हराएको वा चोरी भएको विभिन्न ब्राण्डका ३८ थान मोवाइल सेट इलाका प्रहरी कार्यालय इटहरीले ...

कोरोना सङ्क्रमितको उ ...

विराटनगर: प्रदेश १ सरकारले कोरोना सङ्क्रमितको उपचार खर्च निरन्तर निःशुल्क व्यहोर्ने घोषणा गरेको ...

गायक परियारको “एउटै ...

नेपाल आइडलबाट आफ्नो परिचय बनाएका गायक मिलन परियारको आवाजमा पहिलो अफिसियल गीत सार्वजनिक गरिएको छ। &ld ...