मोरङका १ सय ६७ सहित प्रदेश १ मा थपिए १ सय ८१ कोरोना सङ्क्रमित

  • प्रकाशित मिति: आश्विन ११, २०७७ / सञ्चारलय
alt

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३० जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् । यस्तै कटहरिमा ८ महिला र ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीको दुहबीमा १ महिला र ४ पुरुष, धरान र इटहरीमा १–१ पुरुष, झापाको बिर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १–१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, ते¥हथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यो सगैं प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ४३६ पुगेको छ ।

प्रदेशबाट आइतबार ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आइसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ८२५ पुगेको छ ।

प्रदेश १ मा आइतबार ९ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १ लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...