स्थानीय तहका जनप्रतिनिधि भन्छन् : विद्यालय खोल्न हामी तयार छौँ

  • प्रकाशित मिति: आश्विन १२, २०७७ / सञ्चारलय
alt

इटहरी: करिब ७ महिना देखि बन्द रहेका विद्यालय सञ्चालन गरी पठनपाठन गर्न स्थानीय तहका जनप्रतिनिधि बताएका छन् । शिक्षा पत्रकार समूह प्रदेश १ ले आयोजना गरेको “विद्यालय सञ्चालनको अभ्यास र सम्भावनाको” शैक्षिक विषयक अन्तरक्रियामा प्रदेश १ स्थानीय तहका उपप्रमुखले यस्तो बताएका हुन् । 
भर्चुअल कार्यक्रममा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले नगरपालिकाले सबै निकायसँग बसेर यस अघि नै विद्यालय खोल्ने तयारी गरिरहेको बताइन् । उनले भनिन् ‘हामीले स्वास्थ्य सामग्री प्रयोग गरेर, सावधानीको उत्तम उपाय अपनाएर विद्यालय खोल्ने तयारी भइरहेको छ । यसलाई विद्यार्थीका आमाबुबाले सकारात्मक रूपमा लिनु भएको छ ।’ त्यस्तै भोजपुर नगरपालिकाकी उपप्रमुख ममिता राईले पनि नगरभित्र पनि १५ गतेबाट विद्यालय खोल्ने निर्णय भएको बताइन् । नगरभित्रका शिक्षा क्षेत्रमा आबद्ध अभिभावक, सरोकारवाला, सम्बन्धित निकायको बैठकले स्वास्थ्य सामग्री प्रयोग गर्दै खोल्न लागिएको जानकारी दिइन् । उनले भनिन् ‘यथास्थानमा रहेका शिक्षकलाई विद्यालयमा सुरक्षाको मापदण्ड अपनाएर खोल्न भनिएको छ । तर बाहिरबाट आउने शिक्षकलाई पिसिआर परीक्षण गरेको रिपोर्ट साथै १४ दिन क्वारेनटाइन बसेर मात्रै विद्यालयमा जान भनिएको छ ।’ 
यता उदयपुरको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवीकुमारी चौधरीले शिक्षा क्षेत्रबाट विद्यालय खोलौँ भन्ने आउँछ तर प्रशासन कार्यालयले भने नखोल्न भन्छ, यसले गर्दा विद्यालय अन्योलमा परेको बताइन् । ‘विद्यार्थीले अभिभावकलाई हेपेर बाहिर डुल्ने गर्दा पढाइमा ध्यान जान नसक्दा विद्यार्थीको पढाई डामाडोल बन्यो । जसरी भए पनि स्वास्थ्य सामग्री प्रयोग गरेर विद्यालय खोल्नुको विकल्प छैन ।’ 
ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले ताप्लेजुङमा विद्यालय खोल्ने तयारी भइरहेको बताए । कोरोनाको जोखिम रहे पनि सावधानी पूर्वक विद्यालय खोल्ने तयारी भएको छ, उनले भने । बजार क्षेत्रका विद्यालय पनि खुलेका छन् । कोरोनाको महामारी रहे पनि विद्यार्थीको भविष्य नै अन्धकार पार्नु नहुने उनको तर्क छ । 
यता प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि विद्यालयको खोल्नु पर्ने बताउँछन् । मन्त्री घिमिरेले भने घुम्ती तथा टोल टोलबाट सानो समूह बनाएर हुन्छ कि कसरी हुन्छ शैक्षिक गतिविधि सुरु गर्नु पर्छ । उनले आफुँपनि कोरोना सङ्क्रमणका कारण १ महिना सम्म होमआईसोलेसनमा बसेको अनुभव सुनाउँदै कोरोनालाई सामान्य रूपमा लिन नहुने बताए । मन्त्री घिमिरेले खुल्ला सिमाना रहेकाले जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै भारतमा कोरोना सङ्क्रमण नियन्त्रणमा नआई हाम्रो सङ्कट नहट्ने उनको तर्क छ । यातायात जोरबिजोर प्रणालीबाट सञ्चालन गरे जस्तै विद्यालयमा पनि सोही बमोजिम विद्यार्थीको पठनपाठन सुरु गर्नु पर्ने घिमिरेले जोड दिए । 
उनले स्थानीय तहले गर्ने हरेक गतिविधिमा प्रदेश सरकारले साथ सहयोग रहने बताए । शिक्षा पत्रकार समूह प्रदेश १ ले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक,व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तहका जनप्रतिनिधि लगायत शिक्षामा आबद्ध सरोकारवालाको सहभागिता रहेको थियो । 

 

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...