प्रवीण बेडवालको ‘मुटु भित्रै राख्छु तिमी लाई‘ सार्वजनिक (भिडियो सहित)

  • प्रकाशित मिति: आश्विन १३, २०७७ / सञ्चारलय
alt

भर्खरै मात्रै सकिएको गायन रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनर अप भएका गायक प्रवीण बेडवालको नयाँ गीत सार्वजनिक भएको छ । गाउँको परिवेशमा यो भिडियो बनेको भिडियोमा माया, स्नेह देख्न सकिन्छ। बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमी लाई‘मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको सङ्गीत रहेको गीतलाई कैलाश रेग्मीले भिडियोको सम्पूर्ण जिम्मा लिएका थिए भने सङ्गीत संयोजन उदयराज पौडेलले गरेका छन्।
भिडियोका निर्माता तथा गीतकार दुर्गा प्रसाद कडरिया आफै रहेका छन् । यस भिडियोलाई निर्देशन भने राकेश बज्राचार्यले गरेका छन्। कलाकारहरूमा नवराज सिंह खड्का र प्रतिशा रिजालले मुख्य भूमिकामा खेलेका छन् ।झापाली गीतकार कडरियाले आफ्नो आठौँ साङ्गीतिक कोसेलीको रूपमा यो गीत बजारमा ल्याउन लागेको जानकारी दिए । गीतकार कडरियाले हालसम्म प्रमोद खरेल, सीएल शर्मा, सज्जा चौलागाई, प्रेम शर्मा र नरेन्द्र प्यासीको स्वरमा साङ्गीतिक कोसेली बजारमा ल्याइसकेका छन् ।गीतकार कडरियाका दुई वटा लिरिकल भिडियो र पाँच वटा म्युजिक भिडियो सार्वजनिक भई सकेका छन् ।कडरियाले म्युजिक भिडियो दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज भएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...