मोरङमा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरीको असईको मृत्यु

  • प्रकाशित मिति: आश्विन १८, २०७७ / सञ्चारलय
alt

मोरङ । मोरङमा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरीको असईको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढिगंगा १ का ४२ बर्षीय कमल प्रसाद तावाहाङको मृत्यु भएको हो ।

हिजो शनिबार राती सवा ९ बजे बुढिगंगा १ राजमार्ग साइडमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिदा तावाहाङ गम्भीर घाईते भएका थिए । घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक तावाहाङ सशस्त्र प्रहरी सहायक निरिक्षक रहेको खुल्न आएको छ । उनी सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएको थिए ।

ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...