सुनसरीको रामधुनीमा ‘हाम्रो शब्द फोटो प्रतियोगिता २०७७’ सञ्चालन हुँदै

  • प्रकाशित मिति: आश्विन १८, २०७७ / सञ्चारलय
alt

रामधुनी । सुनसरीको रामधुनीबाट शुभयुग मिडिया (हाम्रो शब्द डट कम) प्रालिको आयोजनामा फोटो प्रतियोगिता हुने भएको छ ।
आइतबार रामधुनीमा पत्रकार सम्मेलन गर्दै शुभयुग मिडिया प्रालिले ‘हाम्रो शब्द फोटो प्रतियोगिता २०७७’ सञ्चालन गर्ने जानकारी दिएको छ ।
प्रतियोगिता ०७७ असोज १८ गतेदेखि कार्तिक ३ गतेसम्म चल्ने छ । जसमा एकल वा जोडी दुवै फोटोलाई मान्यता दिइने छ । जसमा जुनसुकै उमेर समूहका महिला, पुरुष वा बालबालिकासमेत सहभागी हुने पाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा घरमै बसेर फेसबुक आइडिको म्यासेन्जर र इमेलमार्फत फोटा पठाई सहभागी बन्न सकिने छ ।
कोरोना कहरले समुदाय आक्रान्त भएको बेलामा भिडभाडलाई निरुत्साहन गर्ने उद्देश्यका साथ घरमै बसेर समेत सहभागी बन्न सकिने खालको प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रालिका अध्यक्ष शिशिर भट्टराईले बताए ।

प्रथम हुनेलाई ११ हजार नगदसहित प्रमाणपत्र, फस्ट रनरअपलाई ७ हजार नगदसहित प्रमाणपत्र र सेकेन्ड रनरअपलाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रालिद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतियोगितामा भाग लिन कुनै पनि प्रकारको शुल्क लाग्ने छैन । जुनसुकै उमेर समूहका व्यक्तिहरूले पनि प्रतियोगितामा भाग लिन सक्नेछन् । आइतबारबाट नै फोटो पठाएर प्रतियोगितामा सहभागी बन्न सकिने प्रालिले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...