साथीसँग बसेर पढ्न पाएपछि भोजपुरका बहिरा बालबालिका हर्षित

  • प्रकाशित मिति: आश्विन १९, २०७७ / सञ्चारलय
alt

भोजपुर: विद्यालय खुलेपछि भोजपुरका बहिरा बालबालिका हर्षित भएका छन् । कोरोना भाइरसका कारण करिब ७ महिना देखि विद्यालय जान नपाएका बालबालिका साथीसगैं बसेर पढ्न पाएपछि उनीहरू हर्षित बनेका हुन् । भोजपुर नगरपालिको निर्णय अनुसार विद्यालय सञ्चालन गर्ने बताएपछि जिल्लाको सदरमुकाममा रहेको भोजपुर बहिरा आवासीय विद्यालयका विद्यार्थी अहिले साथी सगैं बस्ने, विद्यालय परिसरमै खेल्ने गरेको विद्यालयका शिक्षक सिताराम ओझाले जानकारी दिए ।

गत चैत्र ७ गतेबाट घर गएका बालबालिका अहिले विद्यालयमा पठनपाठनका लागि विद्यालय खुल्ने १÷२ अगाडी देखि नै विद्यालयमा आएका ओझाले बताए । धेरै जसो विद्यार्थी आएको बताउँदै ओझाले नियमित पठनपाठन सुरु गरिएको बताए । उनले भने ‘वार्षिक परीक्षाको नतिजा आएपछि त्यसै त खुसी थिए । लामो समय घर बस्दा बोरिङ भएका बालबालिका साथीसँग बसेर पढ्न पाउँदा खुसी छन् ।’

bahira bhojpur 2

कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गए पनि सावधानी पूर्वक विद्यालय सञ्चालन गरिएको ओझाको भनाई छ । ‘विद्यार्थीलाई एक बेन्चमा २ जना राखिएको छ । हरेक विद्यार्थीलाई अनिवार्य मास्क लगाउन भनिएको छ । समय समयमा साबुन पानीले हात धुन लगाई राखिएको छ । स्यानिटाइर प्रयोग गर्न लगाइएको छ । विद्यालयको गेटबाट बाहिर जान नमिल्ने गरी ताला लगाइएको छ । बाहिर जाने काम परे आवश्यक सावधानी पूर्वक आफैँ जानेको गरेका छौँ’ शिक्षक ओझा बताउँछन् ।
उक्त विद्यालयमा हाल १५ जना विभिन्न क्षेत्रका बहिरा विद्यार्थी अध्ययनरत छन् ।

सरकारको वेवास्ताले ७ महिना बालबालिका अँध्यारोमा बस्न बाध्य भए
कोरोना भाइरसका कारण शैक्षिक संस्था ठप्प भए । केही महिनापछि सरकारले विद्यार्थीलाई पठनपाठन गर्न सहज हुने भन्दै अनलाइन, रेडियो, टेलिभिजनबाट अध्ययन गराउन थाल्यो । कोरोना के हो भन्ने सहज रूपमा बुझ्न पाए । तर बहिरा बालबालिकाको ७ महिनामा न कुनै माध्यमबाट शिक्षा आर्जन न कोरोना के हो भन्ने मजाले बुझ्न पाए । अझ गाउँमा भएका बहिरा बालबालिका त विद्यालय किन लामो समय बन्द भयो भन्ने समेत प्रश्न गरे ।
लामो समय बिती सक्दा पनि सरकारले बहिरा बालबालिकाको शिक्षण सिकाइमा कुनै चासो नदिएको सोही विद्यालयका शिक्षक सन्त कुमार तुम्बापोले गुनासो गरे । उनले भने कोरोना के हो रु कसरी सर्छ रु कसरी सावधानी हुनुपर्छ रु सो बारे बालबालिकाले नबुझेको बताए । विद्यार्थीलाई विद्यालय खुले पछि कोरोना भाइरस बारे हामीले सबै कुरा जानकारी गराएको छौँ, तर गाउँमा रहेका बहिरा बालबालिकाले प्रस्ट रूपमा कोरोनालाई बुझ्न नसकेको उनको भनाई छ ।

लकडाउनको बेला सरकारले वैकल्पिक सिकाइ सहजीकरण भनेर अनलाइन भर्चुअल कक्षा, रेडियो टेलिभिजन बाट सिकाइ सामग्री प्रसारण गरेको थियो । तर त्यो सबै सुन्ने विद्यार्थीहरूको लागि मात्र थिए । रेडियोबाट बहिरा बालबालिकाले सिक्न कुरा त सम्भावना छैन विकल्पको रूपमा टेलिभिजन थियो तर त्यहाँ साङ्केतिक भाषा बाट सरकारले सिकार सामग्री प्रसारण नगरिदिँदा बहिरा बालबालिकालाई अन्याय भएको शिक्षक तुम्बापोले बताए । उनी भन्छन्, “सरकारले अपाङ्गता भएको बालबालिकाको शिक्षा प्रति गम्भीर हुनु पर्‍यो । सधैँ अपाङ्गता वर्गको लागि पछाडि मात्र सोच्ने प्रवृत्ति गलत छ । समतामूलक समाज निर्माण गर्ने हो भने आवश्यकताको आधारमा कार्यक्रम ल्याउनु पर्‍यो सङ्ख्याको आधारमा होइन ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...