धरानमा स्कुटर र ट्याक्टर ठोक्किदा १ जनाको मृत्यु

  • प्रकाशित मिति: आश्विन २०, २०७७ / बिनिता कटुवाल
alt

धरान । धरानमा स्कुटर र ट्याक्टर ठोक्किदा १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धरान–१४ का २५ बर्षीय गोकुल तामाङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको हो ।

मंगलबार (आज) बिहान १० बजेर १० मिनेटमा धरान १५ स्थित त्रिवेणी मार्गमा को १ च ८८०१ नम्बरको मिनी ट्याकटर र को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका थिए ।

घाईते तामाङको घोपार्मा उपचारको क्रममा लैजादै गर्दा बाटोमा नै निधन भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

धरान १५ स्थित अस्थायी प्रहरी चौकीका एक प्रहरीका अनुसार ट्याक्टर र स्कुटर एकै दिशातर्फ गइरहेको बेला अगाडिको ट्याक्टर मोडिन खोज्दा पछाडिको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

हेमराज ओलीका अनुसार स्कुटर चालक र ट्याक्टर चालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...