स्थगित भएका सबै परीक्षा सञ्चालन गर्न सरकारले दियो स्वीकृति

  • प्रकाशित मिति: आश्विन २२, २०७७ / सञ्चारलय
alt

सरकारले कोरोना संक्रमणका कारण गत चैत्रबाट स्थगित भएका सबै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ । मन्त्री परिषद्को गत असोज १९ बसेको बैठकले विश्वविद्यालय, विद्यालय तथा आयोग, प्रतिष्ठानसहित विभिन्न शैक्षिक संस्थालाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको हो।

यससंगै लामो समयदेखि अन्योलमा रहेको विभिन्न तहको परीक्षा सञ्चालनको बाटो खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परीक्षा सञ्चालन सम्बन्धी प्रस्तावलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्ने मन्त्री परिषद्ले निर्णय गरेको छ।

गत चैत्रमा सरकारले देशव्यापी लकडाउन गरेपछि माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए । त्यसैगरी विभिन्न सरकारी संस्थालगायत विभिन्न क्षेत्रमा कर्मचारी छनोटर विभिन्न विश्वविद्यालयका परीक्षा पनि स्थगित गरिएका थिए ।

त्यस्तैगरी सरकारले २५ जना भन्दा कम प्रशिक्षार्थी सहभागी गराएर तालिम सञ्चालन गर्न सक्ने अनुमति दिएको छ। तालिम परिषद्ले छोटो समयका लागि तालिम लिन सक्ने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...