आईपीएल : बैंग्लोरद्वारा चेन्नई ३७ रनले पराजित

  • प्रकाशित मिति: आश्विन २५, २०७७ / सञ्चारलय
alt

काठमाडौं । कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङ र क्रिस मोरिसको बलिङमा रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ।

२ खेलमा जित र ५ मा हार भोगेको चेन्नई ४ अंकाम छैटौं स्थानमा छ। ४ खेलमा जित र २ मा हार बेहोरेको बैंग्लोर ८ अंकमा नेटरनरेटका आधारमा चौथो स्थानमा छ।

१ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रनमात्र जोड्न सक्यो। आम्बाती रायुडुले सर्वाधिक ४२ रनको योगदान दिए। नारायण जगदेसन ३३ रनमा रन आउट भए। ६ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बैंग्लोरका क्रिस मोरिसले ३ तथा वासिन्टन सुन्दरले २ विकेट लिए। युजभेन्द्र चहल र इसुरु उडानाको नाममा एक(एक विकेट रह्यो।

त्यसअघि दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओरभमा ४ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पारेको थियो।

कप्तान विराट कोहली ९० रनमा नटआट रहे। उनले ५२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। शिवम दुबे २२ रनमा अविजित रहे।

पाँचौ विकेटका लागि कोहली र दुबेले ३४ बलमा ७६ रनको अविजित साझेदारी प्रतिस्पर्धात्मक योगफल दिएका थिए। ओपनर देवदत्त पाडिक्कललाई ३३ रनमा पवेलियन फर्के।

चेन्नईका शार्दुल ठाकुरले २ तथा साम करन र दीपक चहरले एक एक विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

दसैँमा यस्तो स्वास्थ ...

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दस ...

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...