चर्चामा बाँदर राजा, जसले मानिसको जूम्रा निकाल्ने देखि कान सफा गर्नेसम्मको काम गर्छ

  • प्रकाशित मिति: आश्विन २५, २०७७ / सञ्चारलय
alt

एजेन्सी । तपाईं कत्तिको सहयोगी हुनुहुन्छ ? कतै तपाईंले भन्दा धेरै यो बाँदरले त गरिरहेको छैन ?

कतिपय जनावरहरू मानिसभन्दा धेरै सहयोगी हुन्छन् भन्दा फरक पर्दैन् । यहाँ सहयोगी बाँदरबारे उल्लेख गरिएको छ ।

भारतको पीलीभीतमा इन्स्पेक्टरको काँधमा बसी जूम्राटिप्न व्यस्त हुने बाँदर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

3b

यो बाँदर कहाँदेखि कसरी आयो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । बाँदरको नाम राजा राखिएको छ । यस बाँदरको आमाको मृत्युपश्चात स्थानीय ट्राफिक प्रहरीले यस बाँदरलाई आफ्नो साथ राखेको बताइन्छ । एजेन्सीका अनुसार, बाँदर कमजोर हुँदा दिनेश नामका एक प्रहरीले उनको धेरै नै सेवा गरे । अहिले ती प्रहरी इलाहाबार कुम्भको मेलामा सुरक्षाका लागि खटिएका छन् । बाँदर भने शहरमै घुमिरहेको छ ।

4b

बाँदरले केही समयअघि मात्रै गान्धी स्टेडियम सडकमा एक मोटरसाइकलमा यात्रा गरेको थियो । मानिसहरूको भिडमा बाँदर निकै रमाइरहेको देखिन्थ्यो । बाँदरको बानी भने अचम्म अचम्मको छ, जब कसैले उसलाई धपाउन खोज्छ, उसले सलाम गर्छ र मानिसलाई क्षणभरमै फकाइदिन्छ ।

यस बाँदरले कहिले कोही मानिसको कान सफा गरिदिन्छ भने कसैको कपालबाट जूम्रानिकालिदिन्छ । यो बाँदरको तस्वीर समेत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

2b

तपाईको प्रतिक्रिया दिनुहोस्

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...

मोरङकी ५ महिनाकी कोर ...

धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत ५ महिनाकी कोरोना स ...