इटहरीका यी क्षेत्र कोरोना सङ्क्रमणको रेडजोनमा: के गर्न पाइन्छ, के गर्न पाइँदैन ? यस्तो छ निर्णय

  • प्रकाशित मिति: आश्विन २५, २०७७ / सञ्चारलय
alt

सुनसरीको इटहरी उपमहानगरले कोभिड नियन्त्रणका लागि रेडजोन सहितको मापदण्ड तोकेको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा बसेको बैठकले कोभिड रोग रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थापन तथा अनुगमन सम्बन्धी मापदण्ड पारित गरेको हो ।

उपमेयर लक्ष्मी गौतमले तयार गरेको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गीकरण गरिएको छ । इटहरी चौक क्षेत्र, वडा नम्बर ९ हटिया क्षेत्र,बसपार्क,तरहरा बजार,खनार बजार,पकली चौकलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । यसै गरी बडी भिडभाड हुने कार्यालयहरू उपमहानगर कार्यालय,इटहरी अस्पताल,यातायात,वैंकहरु,विद्युत् कार्यालयलाई रेडजोनमा राखिएको छ । रेडजोन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी विना प्रयोजन हिँडडुल गर्न बन्द गर्ने निर्णय भएको छ ।मास्क नलगाई हिडने जोकोहीलाई नियन्त्रणमा लिएर सय रुपियाँ जरिवाना गरी एकथान मास्क दिएर सचेत गराइने भएको छ । प्रत्येक पसल,कार्यालय अगाडी साबुन पानीको व्यवस्था गर्ने,नगरेको पाइए एक पटक सचेत गराउने,पुन उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाहीको लागि सिफारिस गरिने भएको छ ।साप्ताहिक हटिया बन्द गर्ने निर्णय गरिएको छ । कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा,मेला,भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरूलाई प्रतिबन्ध गरिएको छ । शैक्षिक कार्यक्रम पुर्णरुपमामा बन्द, ज्येष्ठ नागरिक,दम,मधुमेह,उच्च रक्तचाप जस्ता दीर्घ रोग भएका र गर्भवती,सुत्केरी र बालबालिकालाई उपचारका लागि बाहेक हिँडडुलमा रोक लगाइएको छ । यस्तै बैठकले इटहरी भित्र रहेका होमआईसोलेसनमा बस्दै आएका कोरोना सङ्क्रमितको व्यवस्थापनको अवस्था हेरेर केहीलाई इटहरी रङ्गशालामा रहेको आइसोलेसन सेन्टरमा पठाउने, इटहरीका स्तरीय होटलसगँ समन्वय गरी कोरोना सङ्क्रमित बढ्दै गए राख्न व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

नगरप्रमुख द्धारिकलाल चौधरीले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नगरवासीमा आग्रह गरेका छन् । उपमेयर गौतमले मापदण्ड बनाएर मात्र नहुने भएकाले कडाइका साथ पालना गर्न र गराउनुपर्नेमा जोड दिएकी थिइन् । एक महिना अघि नै मापदण्ड लागु गरिएको भए अहिलेको जति क्षति नहुने उनको भनाई छ । मापदण्ड पालना भए नभएको कडाइका साथ अनुगमन गर्ने निर्णय गरिएको छ । होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा सङ्क्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्चार्ज राम कुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २सय ८६ जना छन् । इटहरीको आइसोलेसनमा ४५ जना छन् ।

एक महिना अघि तयार गरेको निर्णय कार्यान्वयन भयो : उपमेयर गौतम
उपमेयर लक्ष्मी गौतमले एक महिना अघि तयार गरेको निर्णय कार्यान्वयन भएको बताइन् । इटहरीमा कोरोना सङ्क्रमितको अवस्थालाई ध्यान दिएर तयार गरेको सुरक्षाको मापदण्डलाई कार्यान्वयनमा ल्याउँदा कोरोना भाइरसलाई केही हद सम्म कम गर्न सकिने उनको बुझाइ छ ।
उपमेयर गौतमले जिल्ला प्रशासनले स्थानीय सरकारको कुरा नसुन्दा स्थिति बाहिर गएको बताइन् । उनले भनिन् “हामीले कोरोनाको अवस्थालाई बुझेर निकै दिन खर्चेर सावधानीका उपाय अपनायौँ तर प्रशासन कार्यालयले सो उपाय बाहिर नल्याउँदै जिल्लालाई निषेधित क्षेत्र हटाउने भनेपछि हाम्रो निर्णय त्यत्तिकै रह्यो । ” उनले अझ थपिन् ‘यदि त्यो निर्णय सुरक्षा समितिको बैठक बसेर छलफल गरी कार्यान्वयन गरेको भए यस्तो अवस्था आउने थिएन ।’
केही समय अघि एक सुरक्षा समितिबाट बजारमा कोरोलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण निर्णय गरिएको थियो । सोही निर्णय कार्यान्वयन गर्ने जिम्मा जिल्ला प्रशासनको हो तर प्रशासनले निर्णय बाहिर ल्याई नसक्दै जिल्लालाई निषेधित क्षेत्र अन्त्य भएको घोषणा गरेपछि सो निर्णयमाथि छलफल हुन सकेको थिएन ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...