बाह्र जनामा कोरोना देखिएपछि ९० लाखको परीक्षण हुँदै

  • प्रकाशित मिति: आश्विन २६, २०७७ / सञ्चारलय
alt

एजेन्सी। चीनको चिङ्दाओ सहरमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि शहरका सबै ९० लाख नागरिकको कोरोना परीक्षण हुने भएको छ ।

आइतबार १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त सहरमा रहेका करिब ९० लाख नागरिकको कोरोना परीक्षण हुने भएको हो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार आगामी ५ दिनमा सहरका सबै बासिन्दाको कोरोना परीक्षण गरिने भएको छ । राजधानी बेइजिङबाट ७ सय किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय सहर चिङदाओको चिङ्दाओ चेस्ट हस्पिटलमा १२ जनालाई कोरोना पुष्टि भएपछि पूरै सहरमा परीक्षण गर्न लागिएको हो ।

चीनमा कोरोना परीक्षण निकै द्रुत गतिमा हुने गरेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार आइतबार केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य संस्थाका कर्मचारी र नयाँ भर्ना भएका बिरामी गरी १ लाख ४० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।

चीनले गत मे महिनामा कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको राजधानी वुहान सहरका करिब १ करोड १० लाख नागरिकको कोरोना परीक्षण १० दिनमै गरेको थियो । चीनमा कोरोना भाइरसको संक्रमण करिब नियन्त्रण भइसकेको छ । पछिल्लो समय फाट्टफुट्ट रुपमा मात्रै चीनमा कोरोना पुष्टि हुने गरेको छ ।

पछिल्लो समय चीनमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार सोमबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार ८ सय १२ रहेको छ । चीनमा कोरोनाबाट ४ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना पुष्टि भएकामध्ये ८५ हजार ६ सय ६९ संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...