कोरोनाबाट ज्यान बचाउन ‘अक्सिजन थेरापी’

  • प्रकाशित मिति: आश्विन २७, २०७७ / सञ्चारलय
alt

काठमाडौं । मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहुँ बढ्दो छ। सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि हुँदा ५६ प्रतिशत अर्थात् २ हजार २ सय ८२ जना उपत्यकाकै छन्। पछिल्ला दिनमा यहाँका अस्पतालमा कोरोना भाइरस बिरामीका लागि सघन उपचार कक्ष (आइसियु) मा शड्ढया र भेन्टिलेटर अभाव चुनौतीको विषय बनेको छ। यस्तो अवस्थामा महामारीको कहर थप पेचिलो बन्न नदिन बिरामीलाई सघन उपचार कक्ष तथा भेन्टिलेटर चाहिने चरणमा पुग्न नदिन अक्सिजन थेरापी महत्वपूर्ण हुने देखिएको छ। अक्सिजनको सुविधासहित तत्काल अस्थायी कोभिड–१९ उपचार केन्द्र स्थापना गर्न सकिए यो संकटलाई थप बिग्रनबाट जोगाउन सकिने विज्ञले बताएका छन्।

शुक्रराज तथा सरुवा रोग अस्पतालका चिकित्सक डा। शेरबहादुर पुनले अक्सिजन सुविधासहित समुदाय स्तरमा तत्काल आइसोलन सेन्टर अथवा अस्थायी संरचना बनाउँदा समस्या थप जटिल हुनबाट जोगाउन सकिने बताए। ‘कोरोना भाइरसका कुल संक्रमितमध्ये लगभग ५ प्रतिशतलाई जटिल संक्रमण हुन सक्ने तर्क गर्दै उनी भन्छन्, ‘भेन्टिलेटर र आइसियुको चरणमा पुग्न नदिन अक्सिजन थेरापीले सहयोग गर्छ।’

इन्टरनेसनल जर्नल अफ इन्फेक्सियस डिजिज’ को सेप्टेम्बरको अंकमा प्रकाशित एक अध्ययनका अनुसार मानिसको शरीरमा भाइरस बढ्ने क्रम रोक्न तथा त्यसविरुद्धको प्रतिरक्षा प्रणालीलाई सुधार गर्न बेलुका दिइने अक्सिजन थेरापीले कोभिड–१९ रोगीलाई थप जटिल हुनबाट बचाउने देखाएको छ। कोरोनाविरुद्ध प्रभावकारी एन्टिभाइरल थेरापी अथवा प्रतिरक्षा प्रणालीमा आधारित उपचार नभएको अवस्थामा रोगलाई सामान्यबाट जटिल अवस्थामा जानबाट रोक्न चुनौती छ। रोगको सुरुका चरणमा राति उपलब्ध गराइने अक्सिजन थेरापी धेरै उपयोगी हुने सो शोधपत्रमा उल्लेख छ। चीनका अस्पतालमा अक्सिजन थेरापीको व्यापक प्रयोग भएको थियो।

उक्त शोधपत्रमा राति भाइरसको आक्रमण बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खड्किन नदिन घरमै आइसोलेसनमा बसेका फोक्सोका बिरामीलले अक्सिजन थेरापी गर्नुपर्ने उल्लेख छ। श्वासप्रश्वासको समस्या भएकालाई यसअघि पनि अक्सिजन थेरापीको प्रयोग हूँदै आएको छ।

यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...