आईपीएल : बेंग्लोरले कोलकातालाई ८२ रनले हरायो

  • प्रकाशित मिति: आश्विन २७, २०७७ / सञ्चारलय
alt

एजेन्सी । रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ ।

सात खेलमा बेंग्लोरको यो पाँचौं विजय हो । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको जस्तै समान १० अंक भए पनि कमजोर रनरेटका कारण बेंग्लोर तेस्रो स्थानमा छ । कोलकाता ८ अंकसहित चौथो स्थानमा रह्यो ।

१ सय ९५ रनको लक्ष्य लिएर आएको कोलकाताले ९ विकेट गुमाई १ सय १२ रनमात्र बनाउन सक्यो । शुभमन गिलले ३४ तथा एन्ड्रयु रसेल र राहुल त्रिपाठीले समान १६ रनबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । बेंग्लोरका क्रिस मोरिस र वासिङटन सुन्दरले २–२ तथा नवदित सैनी, मोहम्मद सिराज, युजभेन्द्र चाहल र इसुरु उडानाले १–१ विकेट लिए ।

यसअघि एबी डी भिलियर्सले ३३ बलमा अविजित ७३ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले शारजहाँ क्रिकेट रंगशालामा १९४–२ को स्कोर बनाएको थियो । उनले रसेलको बलमा छक्का प्रहार गर्दै २३ बलमा अर्धशतक पूरा गरेका थिए । डी भिलियर्सले कुल ५ चौका र ६ छक्का प्रहार गरे । आरोन फिन्च १३ औं ओभरमा आउट भएपछि डी भिलियर्स क्रिजमा आउँदा कप्तान विराट कोहली १४ बलमा ११ रन बनाई क्रिजमा थिए ।

कोहलीले २८ बलमा १ चौकासहित ३३ रन बनाए । फिन्चले देवदत्त पाडिक्कलसँग ८ ओभरभित्र ६७ रन जोड्दै बेंग्लोरलाई राम्रो सुरुआत दिलाएका थिए । २३ बलमा ४ चौका र १ छक्का प्रहार गरी उनी ३२ रन बनाई रसेलको बलमा बोल्ड भए । फिन्चले पनि प्रसिद्ध कृष्णको बलमा बोल्ड हुनुपूर्व ३७ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...