नेपालमा दिनप्रतिदिन बलात्कारका घटना वृद्धि भएको भन्दै बलात्कारी विरुद्ध इटहरीमा युवतीहरूले र्याली प्रदर्शन गरेका छन् । इटहरी चौकमा करिब ४० जना युवतीले कालो वस्त्र,टाउकोमा कालो पट्टि लगाउँदै बलात्कारी विरुद्ध उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उनीहरूले भर्खर जन्मिएकी छोरी मलाई सास त र्फेन देऊ राम्ररी, के हो यो बलात्कार भनेको जान्न देऊ, दया गर सरकार, म त तपाई कि छोरी पो हो त छोडिदिनुस् न जस्ता प्ले कार्ड बोकेर बलात्कारीलाई कडा कारबाहिको माग गर्दै प्रदर्शन गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्