सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ३२ प्रहरीसहित ५२ जना घाइते

  • प्रकाशित मिति: आश्विन २८, २०७७ / सञ्चारलय
alt

सर्लाहीमा स्थानीय एक व्यक्तिको हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेको समूहसँग सुरक्षाकर्मीको झडपमा ५२ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा दुईजना नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकसहित २२ प्रहरी, सशस्त्र प्रहरीका निरीक्षकसहित १० जना र २० जना प्रदर्शनकारी रहेका छन् ।

सर्लाही, रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको हत्याको विषयमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह नेतृत्वको समूह प्रहरी कार्यालय घेराउ गर्न पुगेको थियो ।

प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप सुरु भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी कार्यालयका सिसाहरू फुटेका छन् भने सशस्त्र प्रहरीका १८ ओटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएको प्रहरीले जनाएको छ ।

ठूलो संख्यामा प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले सशस्त्र प्रहरी बलबाट डीएसपी सरोज खड्काको नेतृत्वमा १०० जनाको टोली मद्दतका लागि बोलाइएको थियो ।

सांसद सिंहले भने प्रहरीले जाहेरी दरखास्त लिन नमानेकाले दबाबमूलक कार्यक्रम गर्न प्रहरी कार्यालय पुगेको बताए ।

सर्लाही कांग्रेसका जिल्ला सभापति नाग्रेन्द्र रायले प्रहरी हस्तक्षेप हुँदा झडप भएको दाबी गरे ।

गत असोज २१ गते स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा घाइते भएका ६५ वर्षीय महेन्द्रको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि उनका आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन् ।

प्रदर्शनकारीहरुले भने सत्तारुढ नेकपाले महेन्द्ररामको हत्या गरेको भन्दै दोषी पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेको जनाएका छन् ।

तर, प्रहरीले भने घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको र यसमा राजनीतिको सम्बन्ध नरहेको दाबी गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...

मोरङकी ५ महिनाकी कोर ...

धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत ५ महिनाकी कोरोना स ...