मन्त्रीमण्डल विस्तार अर्थमा पौडेल, शहरी विकास र बालबालिकामा श्रेष्ठ, सूचना प्रविधि मन्त्रालयमा गुरुङ नियुक्त

  • प्रकाशित मिति: आश्विन २८, २०७७ / सञ्चारलय
alt

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै पोखरेलले सम्हाल्दै आएका रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैँसँग राखेका छन् ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्य विभाजन गरेको उल्लेख गरेको छ ।

योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । संविधानतः मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा बढी सङ्ख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद् सदस्यलाई हटाउनुपर्नेछ ।
नेपाल सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

नवनियुक्त मन्त्रीहरूलाई भोलि शपथ ग्रहणको कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...