इटहरीमा बजार अनुगमन कडा बनाइदैँ, अट्टेर गर्ने पसल नै शिल

  • प्रकाशित मिति: आश्विन २९, २०७७ / सञ्चारलय
alt

चाडपर्व नजिकिएसंगै अनुगमनलाई तिब्रता दिएको इटहरी उपमहानगरले पटक पटक सम्झाउँदा पनि म्याद गुज्रिएको सामान बिक्री गर्ने एक किराना पसललाई शिल गरेको छ ।

केहि समयअघि अखाद्य बस्तु सहित म्याद गुज्रिएका सामग्रीहरू भेटिएपछि चेतावनी दिदै छोडिएको इटहरी १२ खनारस्थित बिक्रम किराना पसलमा शुक्रबार अनुगमन गर्दा पुनः पुरानै सामग्री भेटिएपछि सो पसल शिल गरिएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

खनारका स्थानीय मंगल चौधरीले सञ्चालन गरेको उक्त पसलबाट म्याद गुज्रीएको घ्यु, बिस्कुट, तेल, बेसार लगायतका खाद्यन्नहरू फेला परेका थिए ।

बजार अनुगमनलाई तिब्रता दिने क्रममा शुक्रबार इटहरी १२ खनारस्थित केहि खाद्यन्न पसल, किराना पसलहरू अनुगमन गरिएको थियो । करीब २ घण्टा गरिएको अनुगमनमा खनार क्षेत्रमा सञ्चालित ७ वटा किराना पसलबाट म्याद गुज्रीएको सामग्रीहरू जफत गरिएको उपमेयर गौतमले बताइन् ।

गौतमका अनुसार एक दर्जन बढी पसलहरूमा अनुगमन गर्दा अधिकांश ब्यवसायहरूले प्रशासनबाट जारी मापदण्ड पालना नगरेको, मास्क, सेनिटाइजर प्रयोग नगरेको तथा मुल्य शुचि नराखेको पाइएकोले तिनिहरूलाई अन्तिम चेतावनी दिएर छाडिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...