बोकेदारीको दसैँ आयो, तिहार आयो बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • प्रकाशित मिति: आश्विन २९, २०७७ / सञ्चारलय
alt

हास्य विधाका चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) को दसैँ तिहार लक्षित गीत सार्वजनिक भएको छ । लुईटेलको स्वरमा रहेको ‘दसैँ आयो तिहार आयो’ बोलको गीत बुधवार सार्वजनिक भएको हो ।

बोकेदारी मिडिया अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोले दसैँ तिहार नजिकिएको आभास गराउँछ ।

गीतमा स्वर, शब्द तथा सङ्गीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । कमेडी शैलीमा बनेको गीतको भिडियोमा कोरोनाको कहरमा दसैँ र तिहार मनाएको देखिन्छ ।

भिडियोमा गायक लुइँटेलका साथै शम्भु श्रेष्ठ, विक्रम गेलाल, नहिम अलि, अरुण राजवंशी, रजत श्रेष्ठ, दीपेन्द्र कटुवाल र विष्णु कार्की रहेका छन् ।

रोहित लाम्गादे निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योन्ज़नले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायाङ्कन तथा सम्पादन रहेको गीतको भिडियोलाई नहिम अलिले कोरियो ग्राफ गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...