नवनियुक्त मन्त्रीले सपथ खाएकै दिन करिब एक दर्जन सचिवहरुको सरुवा, कुन मन्त्रालयमा को ?

  • प्रकाशित मिति: आश्विन २९, २०७७ / सञ्चारलय
alt

तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिप्रिषद बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ ।

मन्त्रिपरिषद पुनर्गठन गरिएको भोलिपल्ट बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताए ।

सरुवा हुनेहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालय सरुवा भएको छ ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ ।

त्यस्तै सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार विष्णु पौडेललाई अर्थमन्त्री, लीलानाथ श्रेष्ठलाई महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीले आफैं रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पोखरेललाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी तोकिएको थियो । त्यस्तै महिला मन्त्री पार्वत गुरुङलाई सञ्चारमन्त्री बनाइएको थियो ।

प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद विस्तारप्रति प्रचण्ड र माधव नेपाल पक्षले असहमति जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...