बोके दाह्रीको दशैँ आयो, तिहार आयो बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • प्रकाशित मिति: आश्विन २९, २०७७ / सञ्चारलय
alt

हास्य विधाका चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को दसैँ तिहार लक्षित गीत सार्वजनिक भएको छ । लुइँटेलको स्वरमा रहेको ‘ दशैँआयो तिहार आयो’ बोलको गीत बुधवार सार्वजनिक भएको हो ।
 
बोके दारी मिडिया अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोले दशैँ तिहार नजिकिएको आभास गराउँछ ।
 
गीतमा स्वर, शब्द तथा सङ्गीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । कमेडी शैलीमा बनेको गीतको भिडियोमा कोरोनाको कहरमा दशैँ र तिहार मनाएको देखिन्छ ।
 
भिडियोमा गायक लुइँटेलका साथै शम्भु श्रेष्ठ, विक्रम गेलाल, नहिम अलि, अरुण राजवंशी, रजत श्रेष्ठ, दीपेन्द्र कटुवाल र विष्णु कार्की रहेका छन् ।
 
रोहित लाम्गादे निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योन्ज़नले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायाङ्कन तथा सम्पादन रहेको गीतको भिडियोलाई नहिम अलिले कोरियो ग्राफ गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...

मोरङकी ५ महिनाकी कोर ...

धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत ५ महिनाकी कोरोना स ...