टी–ट्वान्टी क्रिकेटः किङ्स इलाभेन पन्जाबसँग रोयल च्यालेन्जर्स बैंगलोर पराजित

  • प्रकाशित मिति: आश्विन ३०, २०७७ / सञ्चारलय
alt

एजेन्सी । जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ ।

युएईको सारजाह क्रिकेट स्टेडियममा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा कप्तान केएल राहुलले ६१ र क्रिस गेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मायांक अग्रवालले ४५ र निकोलस पुरन ६ रन जाडे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ४८, शिबम डुबेले २३, आरोन फिन्चले २० रज जोडे । त्यस्तै देभदुत पडीक्कल १८, वासिंगटन सुन्दर १३ रनमा आउट हुँदा क्रिस मोरीस २५ र इसुरु उडाना १० रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २र२ विकेट लिए । यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १र१ विकेट लिए । जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...