सिकाइमा अनलाइन प्रभावकारी

  • प्रकाशित मिति: आश्विन ३०, २०७७ / सञ्चारलय
alt

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ ।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । न्यूूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल्याइएको छ ।

सरकारले पनि अनलाइन माध्यमबाट हुने पठनपाठनलाई जोड दिने नीति बनाएको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने भनी घोषणा गरिएको छ । यस क्रममा इन्टरनेट सेवाको पहुँच नपुगेका विद्यालयमा इन्टरनेट सुविधा पु¥याउने कार्ययोजना तयार गरी लागू गर्ने र असोजबाट यसलाई निरन्तर सञ्चालन गरिने उल्लेख छ ।

सरकारी तथ्याङ्कअनुसार हालसम्म १३ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच छ । महासङ्घका अध्यक्ष भण्डारी अब विद्यालयमा रहेको इन्टरनेटको पहुँचलाई विद्यार्थीको सिकाइ उपलब्धिसित जोड्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुुन्छ । विद्यार्थीसित इन्टरनरेटको पहुँच वृद्धिका लागि विद्यार्थीको घरसम्म इन्टरनेट पुग्नुपर्ने र कम्युटर तथा डिभाइस जरुरी हुन्छ । यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकारले वैकल्पिक विधिका माध्यमका रूपमा रेडियो र टेलिभिजनसमेत प्रयोग गरे पनि त्यसमा कति विद्यार्थी सहभागी भए, उनीहरूको सिकाइ उपलब्धि कस्तो रह्यो भन्ने बारेमा खासै केही भन्न सकिने अवस्था नरहेको जनाइएको छ ।

राजधानीको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले सबैभन्दा धेरै विद्यार्थी अनलाइन कक्षामै जोडिएको उल्लेख गरे । त्यसका लागि विद्यार्थीलाई विद्यालयका तर्फबाट केही सहयोग गरिएको उहाँ उल्लेख गरे  । अझै केही विद्यार्थी अनलाइनमा जोडिन बाँकी रहेको जानकारी उहाँले दिए । विद्यार्थीमा इन्टरनेटको पहुँच पुग्नुअघि विद्यालयमा इन्टरनेटको पहुँच हुनुका साथै शिक्षकलाई यसको प्रयोगमा सक्षम बनाउनुपर्ने आवश्यकता  औँल्याए। अनलाइनकै माध्यमबाट विद्यार्थीलाई पढाउन, गृहकार्य हेर्न, परीक्षा लिन सकिने भएकाले अन्य वैकल्पिक माध्यमको तुलनामा यसको प्रभावकारिता धेरै हुने गरेको जनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय योजना महाशाखा प्रमुख सहसचिव डा। तुलसी थपलिया सरकारले सामुदायिक विद्यालयमा इन्टरनेट पु¥याउने योजना अगाडि बढाएको स्पष्ट गर्दै विद्यार्थीसमक्ष त्यसको पहुँच पु¥याउने विषय चुनौतीपूर्ण रहेको बताए। सामुदायिक विद्यालयले इन्टरनेटका माध्यमबाट सङ्क्रमणको बेलामा समेत पठनपाठनलाई अघि बढाएको तर अझै धेरै विद्यार्थी यसमा आबद्ध गराउन नसकिएको उहाँको भनाइ छ । सामुदायिक विद्यालयका लागि शिक्षक विद्यार्थीको उपस्थितिमा हुने भौतिक कक्षा नै सबैभन्दा बढी प्रभावकारी देखिएको बताए।

                                                                                                         गोरखापत्रबाट

 

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...