विराटनगरमा थप ३ जनाको कोरोनाका कारण मृत्यु

  • प्रकाशित मिति: आश्विन ३०, २०७७ / सञ्चारलय
alt

विराटनगरमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर ३ का पुरुषको नोबेल मेडिकल कलेजमा, मोरङको रतुवामाईका संक्रमितको विराट नर्सिङ होमबाट डिस्चार्ज भएर घर जाने क्रममा र सिरहाका संक्रमितको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ बुद्धचोकका कोरोना संक्रमित वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो । अस्पताल प्रबन्ध नारायण दाहालका अनुसार ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनमा उच्च रक्तचाप सम्बन्धी पुरानै समस्या रहेको बताइएको छ ।

यसैगरी विराट नर्सिङ होममा उपचारको क्रममा कोरोना पोजेटिभ देखिएपछि डिस्चार्ज गरिएका रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालले डिस्चार्ज दिएपछि आफन्तले बिहीबार बेलुका घर लिएर जाने क्रममा ७ः४० बजे बाटैमा मृत्यु भएको हो ।

परिवारका सदस्यका अनुसार श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि उनलाई उपचारका लागि गत बुधबार अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतकको दुवै मृगौलाले काम गर्न छाडेको र मधुमेह तथा दमको पुरानै समस्या रहेको बताइएको छ । अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले भने अस्पतालबाट बिरामीलाई आफन्तले लिएर गएपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताए ।

यस्तै विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत सिरहाको लहान नगरपालिका ६ का कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको छ । ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण असोज २५ गते अस्पताल भर्ना भएका ती पुरुषको स्वाब परीक्षण गर्दा २६ गते रिपोर्ट पोजिटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पछिल्लो २४ घण्टामा थ ...

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र ...

कक्षा ११ मा अध्ययनरत ...

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन ...

इटहरीमा आमाको दूध सर ...

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन ...

आज महानवमी पर्व, दुर ...

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान ...

पूर्वप्रधानमन्त्री भ ...

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्ट ...

मोरङकी ५ महिनाकी कोर ...

धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत ५ महिनाकी कोरोना स ...