प्रदेश १ मा थप ४६८ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: आश्विन ३०, २०७७ / सञ्चारलय
alt

विराटनगर: प्रदेश १ मा शुक्रबार (आज) ४६८ कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र सङ्खुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २–२, कटहरी, रंगेली र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहबीमा ६, बराहक्षेत्रमा ५, बर्जु र रामधुनीमा ३–३, गढी र इनरुवामा २–२, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको बिर्तामोडमा ८, भद्रपुरमा ६, दमकमा ४, अर्जुनधारामा ३, बुद्धशान्ति र गौरादहमा २–२, शिवसताक्षी, कनकाई, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा २, लालीगुराँसमा १, स्थानीय तह नखुलेका ४, उदयपुरको त्रियुगामा ३ र बेलकामा १, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका १–१, धनकुटामा २, सङ्खुवासभाको खाँदबारी र सभापोखरीमा १–१, भोजपुरको षडानन्दमा १, ताप्लेजुङको आठराई त्रिवेणीमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको छ । प्रदेश १ मा आज २२१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २०९ र न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५ हजार ५६१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...