संखुवासभामा पहिलोपटक घरमै बसेका कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति: कार्तिक १, २०७७ / सञ्चारलय
alt

संखुवासभामा शनिबार पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यु भएको छ ।

धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

कोरोना भाइरसका कारण शनिबार दिउँसो उनको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पीसीआर परीक्षण गरिएको थियो ।

बिहीबार आएको रिर्पोटमा पौडेललाई कोरोना देखिएको थियो । संक्रमण देखिएपछि एम्बुलेन्स उनको घरमा गए पनि उनी आइसोलेसनमा जान मानेका थिएनन् ।

जिल्लामा हालसम्म १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन् । अन्य संक्रमित खाँदबारीको आइसोलेसनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...