१ लाख धनराशिको“साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कारबाट” प्रहरी जवान खत्री पुरस्कृत

  • प्रकाशित मिति: कार्तिक १, २०७७ / सञ्चारलय
alt

यस वर्षको १ लाख धनराशिको सातौँ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई इलाका प्रहरी कार्यालय वसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई ६५ औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो ।

२०७६ सालमा तत्कालीन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत रहँदा प्रहरी जवान खत्रीले विभागीय मूल्यमान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही जबरजस्ती करणी जस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनराशिको साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कारले खत्रीलाई पुरस्कृत गरेको हो ।

वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरू मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधाद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरूप प्रहरी जवान खत्रीलाई साधनादेवी उत्कृष्ट प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा.विक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।
प्रहरी जवान तथा अधिकृतहरूको मनोबल उच्च राख्न यस साधनादेवी पराक्रम पुरस्कारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आफ्नी स्वर्गीय माता साधना देवी श्रेष्ठको नाममा वार्षिक रूपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. विक्रम प्रसाद श्रेष्ठलाई प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीले धन्यवाद दिए ।
पुरस्कृत हुने प्रहरी जवान खत्रीले आफूबाट सम्पादित कार्यहरूको मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरीको रूपमा आफूलाई छनौट गरिएबाट सङ्गठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...