सिटि सफारीको ब्याट्री चोर्दै बिक्री गर्ने गिरोह इटहरीबाट पक्राउ

  • प्रकाशित मिति: कार्तिक १, २०७७ / सञ्चारलय
alt

इलाका प्रहरी कार्यालय इटहरीले सिटि सफारीको ब्याट्री चोर्दै बिक्रि गर्ने तीन जनालाई पक्राउ गरेको छ । पार्किङ गरेर राखेको सिटि सफारीहरूको ब्याट्री चोर्दै हिँड्ने तीन जनालाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।

ब्याट्री चोरीमा संलग्न इटहरी २० तरहराका राज भनिने लोकबहादुर विक,इटहरी ७ का श्यामलाल धामी र चोरीको ब्याट्री किन्ने अनबर मियाले सञ्चालन गरेको कवाडी पसलकालाई इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

साँझ सिटी थन्काउने लोकेसनको निगरानी गर्ने र मध्य रातमा चोरी गर्ने दुवै जनाको योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।सिटी सफारीमा प्रयोग हुने ब्याट्री ४२ हजारदेखि ८० हजार सम्मको हुने गर्दछ । सफारीको ब्याट्री निकाल्न सजिलो हुने भएकाले र यसको सेकेन्ड हेन्ड दाम पनि राम्रो आउने भएकाले चोरी गरेको उनीहरूले बताएका छन् ।

विश्वकर्मा र धामीले इटहरीबाट चोरी गरेका ब्याट्री पथरीसम्म पुगेर बेचेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले न्यूनतम ५५ हजार पर्ने ब्याट्रीलाई ३० हजारसम्म बेच्ने गरेका थिए ।

प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि चोरी भएका ब्याट्री खरिद गर्ने मोरङको सुन्दरहरैँचा १२ खोर्सानेमा रहेको अनबर मियाले सञ्चालन गरेको आरिफ स्टोरमा काम गर्ने शेक कुतु बुदिनलाई समेत पक्राउ गरिएको छ।

उक्त स्टोरबाट १६ वटा ब्याट्री बरामद गरिएको छ । बरामद ब्याट्री करिब तीन लाख मूल्य बराबरको रहको अनुमान गरिएको छ । यी दुईले इटहरी ७ शिव पार्वती टोल, टेलिकम अगाडिको लालिगुँरास टोल, आइतबारे, जनता क्याम्पस नजिक लगायतका ठाउँमा पार्किङ गरी राखेका सिटी सफारीमा जडान गरेका ब्याट्रीहरू चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

ब्याट्री चोरी गर्ने तथा चोरीका सामान किन्ने तीन जनालाई सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

bt-1

तपाईको प्रतिक्रिया दिनुहोस्

बिपी प्रतिष्ठानमा उप ...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको ...

हास्यकलाकार मनोज गजु ...

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आइतब ...

नेपालमा थप १७ सय ४१ ...

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमित ...

इटहरी आइसोलेसनमा टिक ...

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडा ...

बिपी प्रतिष्ठानमा उप ...

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटह ...

गण्डकी प्रदेशमा थप २ ...

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशन ...