इटहरीमा आमाको दूध सर्किएर अढाई महिनाको बच्चाको मृत्यु

  • प्रकाशित मिति: कार्तिक ९, २०७७ / सञ्चारलय
alt

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन अघि निमोनिया भएको थियो । बच्चाकी आमाले दूध खुवाउँदा निल्न नसकेपछि उपचारलागि इटहरी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनलाई डाक्टरले परीक्षण गर्दा श्वासप्रश्वास र मुटुको कार्य रोकिएको थियो । अस्पताल ल्याए पनि बच्चाको बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाका अनुसार केही दिन अगाडी देखि निमोनिया भएको थियो ।बच्चाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दूध पनि निल्न नसक्ने अवस्थामा दूध सर्किएको रहेछ । तर दूध सर्केको भनिए पनि बच्चालाई गम्भीर प्रकारको निमोनियाले श्वासप्रश्वास (कार्डियो पल्मोनरी एरेष्ट) रोकी मृत्यु भएको अनुमान गर्न सकिने बताए ।

समयमा होसियारी अपनाउन नसक्दा, बेलैमा उपचार नपाएका कारण बच्चाको मृत्यु भएको बताए । धमलाले बच्चालाई दूध खुवाएको कम्तीमा पनि आधा घण्टा आमा सगैं बस्नु पर्ने बताउँछन् । केही बच्चाले दूध खाए लगत्तै बान्ता गर्ने तथा सुतेको बेला असहज हुने भएकाले तत्काल छोड्न नहुने उनको भनाई छ । बच्चालाई दूध खुवाइसकेपछि काँधमा राखेर ढाडमा बिस्तारै ढ्याप ढ्याप गरे सर्कने सम्भावना कम हुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...

यी हुन् जाडो मौसममा ...

एजेन्सी । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्ल ...