कक्षा ११ मा अध्ययनरत फुयाँलले जन्मदिनको अवसरमा बाडे ३० परिवारलाई खाद्यान्न

  • प्रकाशित मिति: कार्तिक ९, २०७७ / सञ्चारलय
alt

मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई कक्षा ११ मा अध्ययनरत रविन फुयाँलले खाद्यान्न वितरण गरेका छन् । फुयाँलले आफ्नो जन्मदिनको अवसर पारेर नजिकिएको बडादसैँ लाई मध्यनजर गर्दै विपन्न परिवारहरूको अवस्थालाई खाद्यान्न सामग्री वितरण गरेका हुन् ।

आशु पुछौँ अभियानका सहकर्मी टिकाराम रसाइली ,रोदन राई ,योएल मगर ,दानिएल मगर , डाईमन गुरुङ , होम प्यासी ८८४८ का प्रोप्राइटर, इन्द्र बजगाईँ मर्सी होम केयरका प्रोप्राइटर र मिलन राईको सहयोगमा सुन्दरहरैँचा युवा अभियन्ता रविन फुयाँल को संयोजकमा राहत वितरण गरेको हो ।

सुकुम्वासी बस्ती भित्र रहेका ८० घर‌ परिवारलाई ३ पटक गरी खाद्यान्नको सामग्री, मास्क, नुहाउने साबुन वितरण गरेका थिए । तेस्रो चरणमा चाडपर्व लाई मध्यनजर गर्दै उनले ३० घरपरिवार लाई दुई दुई केजी मासु पनि वितरण गरेको फुयाँलले बताए।
सबैको घरमा मीठो मसिनो पाक्दा विपन्न वर्गको घरमा केही हुँदैन त्यसैले उनीहरू को अवस्थालाई मध्यनजर गर्दै चाड वाड मा थोरै भए पनि राहत वितरण गरेको रबिनको भनाई छ । कोरोनाको कहर सँगै रोजगारी गुमाएर मारमा परेका विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको उनले बताएका छन्

यता राहत सामग्री पाएपछि स्थानीयहरूले खुसी व्यक्त गरेका छन् ।

rahat 2

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

नोबेलमा उपचाररत २ जन ...

इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हु ...

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...