पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: कार्तिक ९, २०७७ / सञ्चारलय
alt

पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

आइतबार थपिएका मध्ये काठमाडौं जिल्लामा १२२५, मोरङमा २५७, भक्तपुरमा १६३ र ललितपुरमा १४७, चितवनमा १३४, सुनसरीमा १२९, झापामा ११४ र नवलपरासी पूर्व १०६ जना संक्रमित भेटिएका छन् । त्यस्तै दाङमा ८४, मकवानपुरमा ६८, नुवाकोटमा ६०, कैलालीमा ५६, तनहुँमा २९, धादिङमा २७, रुपन्देहीमा २५ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बागलुङमा २४, बाँकेमा २२ जना, सप्तरीमा १८, धनुषामा १३, उदयपुरमा १२, कञ्चनपुरमा ११, महोत्तरी, सिराहा र रसुवामा १०/१० जना, संखुवासभामा ९, इलाम र अछाममा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनकुटा, काभ्रे, गोरखा र लमजुङमा ६/६ जना, दैलेखमा ५ जना, सर्लाही, काभ्रेपलाञ्चोक, स्याङ्जा र कपिलवस्तुमा ४/४ जना, भोजपुर, रौतहट, बर्दिया र सल्यानमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखा, सिन्धुली, म्याग्दी, अर्घाखाँची, पाल्पा र रोल्पामा २/२ जना र सोलुखुम्बु, बारा, रामेछाप, पर्वत, गुल्मी, रुकुम पूर्व, रुकुम पश्चिम र दार्चुलामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...

यी हुन् जाडो मौसममा ...

एजेन्सी । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्ल ...

धरानमा थप १६ जनामा ...

इटहरी । धरानमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । धरानमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको ...