दसैँमा यस्तो स्वास्थ्य मापदण्ड अपनाउनु होस्, जसले कोरोना जोखिम कम गर्न सकिन्छ

  • प्रकाशित मिति: कार्तिक ९, २०७७ / रामकुमार धमला
alt

आम नेपालीहरूको घरमा दसैँ प्रवेश गरी सकेको छ । परिवारको ज्येष्ठ सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दसैँको मुख्य विशेषता हो । सामान्यतया, वर्षभरि विभिन्न कामले देश विदेशमा रहे पनि दसैँमा भने घरमा भेला भई मिठो परिकार खाँदै खुसी र आर्शिवाद आदान प्रदान गर्ने गरिन्छ । यद्यपि यो वर्षमा भने कोभिड १९ को महामारीको बिच दसैँ मनाइरहँदा कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाउँदै दसैँ, तिहार जस्ता चार्ड मनाउनु पर्ने देखिन्छ ।
विगतमा दसैँको वेला अधिकासं सहर खाली हुन्थ्यो । गाउँमा आफन्त जनको बाक्लो उपस्थिति हुन्थ्यो। कोसेली ल्याउँदै आफन्तकोमा जाने पनि लर्को लाग्थ्यो । तुलनात्मक रूपमा यो वर्ष कम चहलपहल भए पनि अधिकांश ठाउँमा लाग्छ लकडाउन सकिए सँगै कोरोना महामारी सकियो । याद गर्नुस्, मानिसहरूको यो बुझाइ भने गलत छ । कोरोना केही होइन भन्नेहरूले अस्पतालको बेडहरू खाली नभएर अस्पतालको गेटबाट सुरक्षागार्डले बिरामी फिर्ता गरेका र अस्पताल चहार्दाचहार्दै अल्पायुमा आफन्त गुमाएकाहरूलाई एक पटक सोधे हुन्छ ।

साँच्चै भन्नु पर्दा अहिलेको अवस्था जटिल छ । यो महामारीको विशेष अवस्था हो । हुन त आफैलाई नपरी थाहा हुँदैन । कतिपय मानिसहरूले कोरोनालाई बेवास्ता गरेको पनि पाइन्छ । तर कोभिड १९ सङ्क्रमणबाट बच्न सकेसम्म प्रयास गर्नु पर्छ। मलाई लाग्छ, जटिल अवस्थाका दर्जनौँ कोभिड सङ्क्रमितहरूको उपचार र व्यवस्थापनको सिलसिलामा भएका मानवीय क्षति र वेदनाले भरिएका परिदृश्यहरूलाई नजिकबाट अनुभूति गरेको हुनाले कोरोना महामारी सामान्य मात्र हुँदै होइन । त्यस्तै, दसैँमा प्रमुख आकर्षणको केन्द्र भनेको परिवारको ज्येष्ठ सदस्य हो । अर्को बुझ्नै पर्ने कुरा, कोभिड १९ को जोखिम समूह पनि ज्येष्ठ नागरिक र दिर्घरोगीहरु नै हुन् । यसर्थ, दसैँमा जनस्वास्थ्यका मापदण्डहरूलाई कडाइको साथ व्यवहारमा लागु गरे दसैँ र त्यस पछिका दिनहरू शुभ रहने विश्वास सहित निम्न स्वास्थ्य सावधानीहरू अपनाउन हुन अनुरोध छ ।

  • दसैँमा आउने सबैलाई सङ्क्रमण भएको हुन सक्छ भन्ने मान्यता राखी सावधानी अपनाऔँ । आफू पनि बचौँ,अरूलाई पनि बचाऔँ भन्ने मूल मन्त्र अवलम्बन गरौँ ।
  • घर बाहिरबाट आए पछि अनिवार्य नुहाउने र प्रयोग गरेको कपडा आदी अलग्गै सफा गर्ने ।
  • यो वर्ष भरसक आफन्तकोमा टिका लगाउन नजाने, जानै परे सीमित सङ्ख्यामा सावधानी अपनाएर जाने ।
  • आफन्तकोमा जाँदा सीमित कोसेलीहरू लिएर जाने । सके सम्म घरायसी कोसेलीहरू उपयुक्त हुन्छ । स्मरण रहोस्, कोसेली बोकेको देखिन्छ तर कोरोना भाइरस कोसेली लगेको देखिन्न।
  • घरमै रहँदा पनि साबुन पानीले मिची मिची हात धोइरहने ।
  • घर भित्र सँगै रहँदा पनि पर्याप्त भौतिक दुरी कायम गर्ने । सके सम्म एल आकारमा रहेर कुराकानी गर्ने ।
  • घरमा रहेको अन्य सदस्यहरूले प्रयोग गर्ने निजी सरसामानहरू जस्तै: ल्यापटप , मोबाइल, तौलियाहरू एक अर्काले प्रयोग नगर्ने । मोबाइलको कभर खोली सेनिटाईजरले राम्ररी सफा गर्ने ।
  • घरमा रहँदा पनि मास्कको उचित तरिकाले प्रयोग गर्नु उत्तम हुन्छ ।
  • टिका लगाउँदा अनिवार्य दुवैले मास्कको प्रयोग गर्ने । प्रत्येक पटक हात धुने वा सेनिटाइज गर्ने ।
  • टिका लगाउन एकै पटक जमघट नगर्ने, अन्तरवार्ता लिँदा पालैपालो प्रवेश गरेको जसरी टिका लगाउने व्यवस्था मिलाउने ।
  • टिका लगाउँदा भरसक बरन्डा वा आगंनमा खुल्ला हावा चल्ने स्थानमा लगाउने ।
  • टिका लगाई सके पछि भरसक खुट्टामा नढोग्ने, टाढै वाट शिर निहुराएर दर्शन गर्ने ।
  • दक्षिणा समेत दिँदा सुरु मै तयारी अवस्थामा राखेको सेनिटाइज गरेको पैसा उपलब्ध गराउने ।
  • पीसिआर फल्स नेगेटिभ आएको वा लक्षण विहीन भएको अवस्था पनि हुन सक्ने भएकोले पीसिआर टेस्ट नेगेटिभ आएकोले पनि उत्तिकै सतर्कता अपनाउनु पर्छ ।
  • सङ्क्रमण पछि निको भएको मानिसमा रोग प्रतिरोधी क्षमता कम भएको हुनाले अन्य अवसरवादी सङ्क्रमणहरू हुन सक्छ । रिइन्फेक्सन वा पोस्ट कोभिड पनि हुन सक्ने भएकोले थप भर्खरै निको भएको सङ्क्रमितले थप सतर्कता अपनाउनु पर्छ ।
  • खानेकुरामा मादक पदार्थ, चिल्लो, पिरो वा शरीरको पाचन प्रक्रियामा असर पुर्‍याउने केही पनि खाने कुरा नखानुहोस् ।
  • परिवारको एक सदस्यको स्वास्थ्यमा समस्या आउनु भनेको परिवार बिसन्चो हुनु हो भन्ने कुरा ख्याल गरौँ ।
  • फ्रिजमा राखेको पेय पदार्थको प्रयोग नगर्नुस् । दिनभर शरीरलाई पुग्ने गरी पर्याप्त मन तातो पानी पिउनुहोस् ।
  • खाना खाइसके पछि वा खानेकुरा खाए पछि ब्रस गर्नु होस । नुन पानीले मुख कुल्ला गरी ओरल हाइसिन कायम गर्नु होस् ।
  • सामान्यतया, चाड पर्वमा खानपिनको मात्रा बढी हुने हुँदा शारीरिक अभ्यास र घरायसी कार्यहरू समेत गरेर शरीरलाई सन्तुलित अवस्थामा राख्न प्रयास गर्नु होस । पर्याप्त सुत्नु होस । बिहान ७/८ बजेको घाम ताप्नु होस।
  • आफूले दैनिक खाने औषधीहरूको नियमित सेवन तथा प्रयोग गर्ने ।
  • कोभिड १९ वा रुघा खोकीको लक्षण र चिन्ह भए नभए पनि दैनिक सुत्ने वेलामा तातो पानीको बाफ कम्तीमा आधा घण्टा लिनु होस । सबैको दशै मङ्गलमय रहोस् ।शुभ दसैँ।
    लेखक रामकुमार धमला इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख,हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...

यी हुन् जाडो मौसममा ...

एजेन्सी । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्ल ...