गण्डकी प्रदेशमा थप २ सय ५२ जनामा कोरोना संक्रमण, ४ संक्रमितको मृत्यु

  • प्रकाशित मिति: कार्तिक १०, २०७७ / सञ्चारलय
alt

गण्डकी प्रदेशमा आज थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकीमा कोरोना सङ्क्रमणबाट आज थप चार जनाको मृत्यु भएको छ । कोरोनाबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै, कोरोना सङ्क्रमणबाट पोखरा महानगरपालिका( १५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ः०० बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा(५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ः१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ७ सय ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

नोबेलमा उपचाररत २ जन ...

इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हु ...

वीपी प्रतिष्ठानमा उप ...

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीका कारोन ...

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...