बिपी प्रतिष्ठानमा उपचाररत ३ कोरोना सङ्क्रमितको मृत्यु

  • प्रकाशित मिति: कार्तिक १०, २०७७ / सञ्चारलय
alt

कोरोना भाइरसका कारण बिपी प्रतिष्ठान धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरीका ७९ वर्षका पुरुष, मोरङको पथरी शनिश्चरेका ६३ वर्षका पुरुष र धरान उपमहानगरपालिकाकी ८३ वर्षकी महिला रहेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार इटहरीका ७९ वर्षका पुरुषको आइतार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो । कात्तिक ६ गते कोरोना भाइरस सङ्क्रमण भएका उनी कात्तिक ९ गते भर्ना भएका थिए । उनमा मिर्गौला र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मोरङको पथरी शनिश्चरेका पुरुषमा कात्तिक १ गते कोरोना भाइरस सङ्क्रमण भएको थियो । कात्तिक ४ गते अस्पताल भर्ना भएका उनको कात्तिक ९ गते राति १० बजे मृत्यु भएको हो ।

धरान उपमहानगरपालिकाकी ८३ वर्षकी महिलालाई कात्तिक ९ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक १० गते अस्पताल भर्ना भएकी उनको त्यसै दिन मृत्यु भएको सह प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनमा हाइपरटेन्सनको समस्या थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अक्सफोर्ड विश्वविद्य ...

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख ...

काठमाडौं–तराई मधेस द ...

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभ ...

‘सरकार जसले चलाए पनि ...

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ...

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागे ...

निशान र अर्जुनले ल्य ...

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत &lsquo ...

यी हुन् जाडो मौसममा ...

एजेन्सी । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्ल ...